क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सुर्खेतव्दारा महिला जिल्ला भेला तथा प्रशिक्षण सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सुर्खेतव्दारा महिला जिल्ला भेला तथा प्रशिक्षण सम्पन्न

१८ सुर्खेत ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सुर्खेतले ३१ सदस्यीय महिला जिल्ला संगठन समिति गठन गर्‍यो । जानकी चन्दको संयोजकत्वमा गठित उक्त महिला संघ/संगठन समितिलाई पार्टी केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला इन्चार्ज एमराज, पार्टी केन्द्रीय सदस्य तथा ६ नं प्रदेश कार्यालय सचिव प्रकाश, पार्टी केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला संयोजक श्याम कार्की, पार्टी प्रदेश सदस्य तथा सुर्खेत जिल्ला सह–संयोजक विनोद लामा, विरेन्द्रनगर नगरपालिका सुर्खेतका नगर इन्चार्ज सिद्द खड्काले नवनिर्मित महिला जिल्ला संगठन समितिलाई बधाई दिदै प्रशिक्षण दिएका हुन् ।


पार्टी प्रदेश समिति सदस्य तथा आधा संसार महिलाको हकहित र अधिकारका निम्ति गठित नयाँ जिल्ला महिला संगठन समितिका संयोजकले सदस्यलाई बधाई तथा शुभकामना दिदै शरिरमा एक मुठ्ठी रगत रहुन्जेल सम्म लडिरहनु निरन्तर संघर्ष र परिवर्तनको पक्षमा लागिरहने प्रतिबद्धता व्यक्त गरेकी छन ।