काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल भक्तपुर जिल्लाको एकता अधिवेशन, प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको एकता अधिवेशनले रोजनको संयोजकत्वमा ३५ सदस्यीय जिल्ला संगठन समिति निर्माण गरेको छ ।

पार्टी जिल्ला इन्चार्ज सरुको अध्यक्षता र जिल्ला संयोजक रोजनको सञ्चालनमा सम्पन्न एकता अधिवशेनमा पार्टीका कार्यालय सदस्य तथा प्रदेश ३ का इन्चार्ज सुदर्शनले प्रमुख अतिथिको आसनबाट महत्वपूर्ण वैचारिक, राजनीतिक तथा सांगठनिक विषयमा प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियो ।

त्यसैगरी पार्टीका कार्यालय सदस्य तथा प्रदेश ३ का संयोजक अटलले विशेष अतिथिको आसनबाट पार्टीको समसामियक राजनीतिक तथा वैचारिक विषयमा प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियो । त्यसैगरी पार्टीका सचिवालय सदस्य तथा प्रदेश सहसंयोजक शरदले पनि प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा जिल्ला सहसंयोजक श्रीकृण सुलुले स्वागत मन्तव्य राख्नुभएको थियो ।

भक्तपुरको चाँगुनारायण नगरस्थित एक स्कूलमा सम्पन्न एकता अधिवेशनको उद्घाटन मशाल बालेर गरिएको जिल्ला इन्चार्ज सुरुले जानकारी दिनुभयो ।






























