१३ भाद्र काठमाडौं ।
अखिल(क्रान्तिकारी) ३ नं.प्रदेश समिति मातहत उपत्यकाले एमसीसी विरुद्ध मसाल जलुस सहित कोण सभा बागबजार काठमाडौंमा सम्पन्न गरेको छ ।

उक्त मसाल जुलुस बागवजार पिके क्याम्पसबाट भक्तपुर बस पार्कमा पुगि प्रहरीका हस्तक्षेपका बीचमा पनि कोण सभामा परिणत भएको थियो ।

उक्त कार्यक्रमको संचालन अखिल(क्रान्तिकारी) ३ नं.प्रदेश संयोजक उषाकिरणले गरेका थिए भने कोण सभालाई सम्बोधन अखिल(क्रान्तिकारी)का निवतर्मान अध्यक्ष तथा अखिल (क्रान्तिकारी) केन्द्रीय समितिका फ्याक्सन ईन्चार्ज हरिकृष्ण गजुरेलले गरेका थिए भने उक्त कार्यक्रममा अखिल (क्रान्तिकारी ) का केन्द्रीय संयोजक मिलन राई, सह–संयोजक शिलु न्यौपाने र विरेन्द्र शाहको समेत उपस्थित रहेको थियो ।

मसाल जलुसमा अखिल (क्रान्तिकारी) का दर्जनौ नेता तथा कार्यकर्ता र स्थानिय जनसमुदायको सहभागिता विच एमसीसीलाई कार्यान्वयन होईन पुर्ण रुपमा खारेज गर्नु पर्छ भन्दै विरोध प्रर्दशन सम्पन्न भएको थियो ।






























