उदयपुरको गाईघाटमा एमसीसी कार्यान्वयनका विरुद्ध चार कम्युनिष्ट पार्टीको विरोध प्रदर्शन

उदयपुरको गाईघाटमा एमसीसी कार्यान्वयनका विरुद्ध चार कम्युनिष्ट पार्टीको विरोध प्रदर्शन

१४ भदौ, गाइघाट । उदयपुरको सदरमुकाम गाईघाटमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी (ऋषि कट्टेल) को संयुक्त आयोजनामा राष्ट्रघाती एमसीसी सम्झौता खारेजीको माग गर्दै विरोध प्रदर्शन गरिएको छ ।

विरोध प्रदर्शन कार्यक्रमलाई क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका केन्द्रीय आयोजक समिति सदस्य तथा उदयपुर जिल्ला संयोजक जटिल, नेपाल कम्युनिष्ट पार्टीका जिल्ला ईन्चार्ज अमृतले सम्बोधन गर्नुभएको थियो ।

उक्त कार्यक्रमको सञ्चालन क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका १ नम्बर प्रदेश समिति सदस्य तथा त्रियुगा नगरपालिकाका संयोजक सुदिपले गर्नुभएको थियो ।