चार किसान संगठनको संयुक्त बक्तब्य भन्छ— राष्ट्रघाती एमसीसी सम्झौता फिर्ता गर

चार किसान संगठनको संयुक्त बक्तब्य भन्छ— राष्ट्रघाती एमसीसी सम्झौता फिर्ता गर

१३ भाद्र काठमान्डौ ।
एमसीसी विरुद्धको आन्दोलनमा चार किसान सङ्गठन एकाकार हुने

अखिल नेपाल किसान महासङ्घ (अप्फा) सहितका चार किसान सङ्गठनले आफूहरू एमसीसी विरोधी आन्दोलनमा एकाकार हुने बताएका छन् ।
एमसीसीले नेपाल देश र नेपाली जनताको मानमर्दन गर्ने, छिमेकी देशसित नेपालको पररष्ट्र सम्बन्धमा खलल पुर्‍याउने र अन्तत: नेपाललाई युद्धमैदानमा परिणत गर्ने विश्लेषण गर्दै उनीहरूले यस्तो निर्णय गरेका हुन् ।
२०८० भदौ १५ गते शुक्रबार संयुक्त प्रेसवक्तव्य जारी गर्दै चार किसान सङ्गठनले एमसीसी. फिर्ता गराउन आन्दोलनलाई उचाइमा पुर्‍याउनुपर्ने आवश्यकतामा जोड दिएका छन् ।
अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल किसान यूनियनका अध्यक्ष रामदुलार महतो र अखिल नेपाल प्रगतिशील किसान सङ्घका अध्यक्ष दुर्गाप्रसाद जैसीको हस्ताक्षर रहेको प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो रहेको छ :

संयुक्त बक्तब्य

राष्ट्रघाती एमसीसी सम्झौता फिर्ता गर – चार किसान संगठन

नेपालको राष्ट्रिय स्वाधीनता, सार्बभौमिकता,संबिधान र असंलग्न परराष्ट्र नीतिको मर्म र भावना बिपरीत रहेको अपमानजनक एमसीसी सम्झौताका बिरुद्ध नेपाली जनताका बिभिन्न तह र तप्काका सचेत जन समुदायको ब्यापक बिरोध हुँदाहुँदै ब्याख्यात्मक टिप्पणीको पर्दा हालेर पारित गरिएको राष्ट्रघाती त्यो एमसीसी सम्झौताका बिरुद्ध अहिले पनि नेपाली किसानको सचेत तप्का सहीत ब्यापक जन असन्तोस र बिरोध ब्याप्त छ ।

यस परिप्रेक्षमा बिद्यामान राष्ट्रब्यापी असन्तोषका बीच त्यस्तो अपमानजनक सम्झौता लागु गर्न र नेपाललाई बाह्य शक्तिको खेल मैदान बनाउने स्थान दिन खोज्नुले आफ्नो अस्तित्वदेखि बर्तमानसम्म बाह्य शक्तिको प्रत्यक्ष उपनिवेश बन्न नपरेको नेपाल र नेपाली जनतालाई पराधीनताको पासोमा पार्ने तारतम्यमा फँसाउँदै लगिएको प्रष्ट देखिन्छ ।

अतः नेपाल नेपालीको मान मर्दन गर्ने, छिमेकी देश सहीतको नेपलको पररष्ट्र सम्वन्धमा खलल पुर्याउने र अन्ततः नेपाललाई युद्ध मैदानमा परिणत गर्ने यो सम्झौता ससम्मान फिर्ता गराउन हामी चार किसान संगठनहरु जोडदार माग गर्दछौं । अन्यथा साम्राज्यबाद बिरुद्ध, नेपाली जनताका अन्य तह र तप्काका संघर्षशील जन समुदायसँगै हामी पनि एकाकार भएर जानुको कुनै बिकल्प नरहने कुरा प्रष्ट छ ।                             

भैरबराज रेग्मी                  सीताराम तामाङ

अध्यक्ष                    अध्यक्ष

अखिल नेपाल किसान महासंघ(अप्फा)           अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी)                                  

रामदुलार महतो                 दुर्गाप्रसाद जैसी      

अध्यक्ष                    अध्यक्ष

अखिल नेपाल किसान यूनियन          अखिल नेपाल प्रगतिशील किसान संघ

२०८० भाद्र १३