एमसीसी विरुद्ध नेपालगन्जमा भव्य मसाल जुलुस

एमसीसी विरुद्ध नेपालगन्जमा भव्य मसाल जुलुस

१३ गते नेपालगन्ज ।
यही १३ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालव्दारा नेपालगन्जमा एमसीसी विरुद्ध भव्य मसाल जुलुस गरेको छ ।
मसाल जुलुस नेपालगन्ज सहरको मुख्य वजार विपि चोकवाट सुरु भइ धम्बोजि चोकमा कोण सभामा परिणत भएको थियो । मसाल जुलुसमा एमसीसी चाहिँदैन, देश वेच्न पाईदैन, एमसीसी खारेज गर, दलाल संसदीय व्यवस्था मुर्दावाद, १९५० लगाएतका असमान सन्धि सम्झौता खारेज गर, दलालहरु होसियार, नेपाल कम्युनिस्ट पार्टी नेपाल जिन्दावाद ! का नारा जुलुस सहित सभामा परिणत भएको थियो ।


कोण सभालाई सम्बोधन गर्दै जिल्ला कार्यालय सदस्य तिलक गिरिले नेपालमा एमसीसी लागु हुनुको मुख्य कारण चिनलाई घेर्ने र नेपाललाई युद्ध क्रिडास्थल वनाउनु हो र नेपाली जनतालाई पराधीन बनाएर जनतालाई गुलाम बनाउने नयाँ साम्राज्यवादी नितिलाई कार्यान्वयन गर्ने अमेरिकि साम्राज्यवादलाई सुम्पिने हो भने ।


साम्राज्यवादी प्रभुहरुको नोकरी खाने दलाल संसदीय दलहरुलाई समेत सम्पुर्ण राष्ट्रवादी, देशभक्त, किसान मजदुर उत्पिडीत जनता एक भएर लखेट्नु पर्छ र यो परियोजनालाई कार्यान्वयन हुन दिनु हुदैन र हामी हुन दिनौ भने ।
उक्त सभालाई पार्टी जिल्ला संयोजक विशाल खाँले पनि सम्बोधन गरेका थिए । यश सन्दर्भमा बोल्दे नेपालका प्रकृतिक श्रोत साधनहरुको दोहन गर्ने साम्राज्यवादी नीति अनुसार एमसीसी आएको र जुन जुन देशमा अमेरिकन पस्यो त्यो देश खरानी भएका छन् । अफगानिस्तान, युक्रेन, लगाएत थुप्रै देशहरु छन् जसलाई अमेरिकी साम्राज्यवादले ध्वस्त बनाएका उदाहरणहरु छन भन्दै त्यसैले एसलाई नेपाली भुमिबाट लखेट्नु पर्छ भने । कुनै पनि हालतमा यसलाई हामी कार्यान्वयन गर्न दिन्नै भन्दै कोण सभालाई समापन भएको घोषणा गरिएको थियो ।