संसदीय व्यवस्थाभित्रबाट समाजवाद ल्याउछौं भन्नु गाईको गर्भबाट घोडा जन्माउँछौं भनेजस्तै हो : धर्मेन्द्र बास्तोला ‘कञ्चन’

संसदीय व्यवस्थाभित्रबाट समाजवाद ल्याउछौं भन्नु गाईको गर्भबाट घोडा जन्माउँछौं भनेजस्तै हो : धर्मेन्द्र बास्तोला ‘कञ्चन’

१– दुई क्रान्तिकारी पार्टीबीच एकता गर्नुभयो । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल बनाउनु भयो । यो एकताको महत्वलाई प्रकाश पार्दै यो एकताले आम सर्वहारा, श्रमजीवि शोषित उत्पीडित जनता र विश्व सर्वहारावर्गीय आन्दोलनलाई दिन खोजेको सन्देशको बारेमा केही बताइदिनुस् न ।

० क्रान्तिकारी बिचार र राजनीतिको सम्बाहक, सर्बहारा वर्गको अग्रदस्ताको रुपमा संघर्ष गर्ने, श्रमजीवी, शोषित उत्पीडित जनताको मुक्तिका लागि संघर्ष गर्ने र समाजवादी सत्ता स्थापना गर्न वर्गसंघर्षमा डटेर लाग्ने दुई पार्टीहरु नेपाल कम्युनिष्ट पार्टी (बहुमत) र नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) बिच पार्टी एकता सम्पत्र भएको छ । यो नेपालका लागि एउटा ऐतिहासिक महत्वको बिषय हो ।

यो केवल दुई पार्टीहरु बिचको एकता मात्र होइन, यो समस्त सर्वहारा, श्रमजीवी एवम् उत्पीडित नेपाली जनताको एकताको द्योतक हो । देशमा रहेका अन्य क्रन्तिकारी पार्टीहरुसँंग पनि एकता होस् भत्रे हामी चाहन्छौ । देशमा अहिले हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालसहित केही क्रान्तिकारी पार्टीहरु, संसदभित्र र बाहिर रहेका ढुलमुल, अवसरवादी र सुधारवादी पार्टीहरु र संसदभित्र र बाहिर रहेका प्रतिक्रियावादी यथास्थितिवादी पार्टीहरु विद्यमान छन् । त्यसमा हामी क्रान्तिकारीहरुसँग क्रान्तिकारी संयुक्त मोर्चा एवम् पार्टी एकता गर्ने, ढुलमुल पार्टीहरुसँग राजनीतिक मुद्दा अनुसार कार्यगत एकता गर्ने र प्रतिगामी तथा यथास्थितिवादी शक्तिहरुलाई परास्त गर्ने नीतिका आधारमा अगाडि बढेका छौं । यो अभियानको लक्ष्य भनेको अधुरो क्रान्ति पुरा गर्न र नेपाललाई नयाँ जनवाद–समाजवादमा रुपान्तरण गर्न सहमत सबै क्रान्तिकारी पार्टी, संगठन, आन्दोलन र जनतालाई एकताबद्ध गर्नु हो ।
मलाई लाग्छ कि हाम्रो एकताले अहिले नेपाली जनताले यहि सन्देश पाएको छ । र, हाम्रा विचारहरुलाई त्यहि तरिकाले ग्रहण एवम् मनन् गरेको छ ।

२– व्यवस्था बदलियो, अवस्था बदल्ने भन्दै संसदवादी पार्टीहरु ‘मिसन ०८४’ को तयारीमा लागेका छन्, तपाईहरु चाहिं व्यवस्था नै बदल्ने (क्रान्ति) भनेर हिडिरहनु भएको छ । दशवर्षे जनयुद्ध, १९ दिने जनआन्दोलन, मधेस तथा जनजाति आन्दोलनबाट व्यवस्था बदलिएन भन्ने निष्कर्ष हो तपाईहरुको ?
० पहिलो कुरा, देशको व्यवस्था बदलियो भत्रे संसदवादी पार्टीहरुको निष्कर्ष गलत छ । व्यवस्थामा मात्रात्मक परिवर्तन भएको छ भत्र अवस्य सकिन्छ तर पुरै बदलिएको होइन । दोश्रो, जनताको अवस्था नबदलिएको कुरा त सबैले स्वीकार गरी सकेका छन् । तेश्रो कुरा, ब्यवस्था नबदलिएको र अवस्था पनि नबदलिएको अवस्थामा क्रान्तिको लागि हिड्नु समाजको अनिवार्य नियम हो । मानिसमाथिको उत्पीडन र अत्याचारले क्रान्तिको माग गरिरहेको हुन्छ । त्यसको नेतृत्व कसले गर्ने भत्रे प्रश्न हो ।
जहाँसम्म संसदवादीहरुको चुनावी तैयारीको कुरा हुन्छ, त्यो सँधैभरी भैरहने कुरा हो । चुनाव सकिएको भोलिपल्टैदेखि अर्को चुनावको तैयारीमा जुट्नु पर्ने हुन्छ संसदवादीहरुको लागि । त्यसो भएपछि ०८४ र ०८८ कालागि के गर्दैछन् भत्रे अनौठो कुरा भएन । जहाँसम्म हाम्रो निष्कर्षको कुरा छ, त्यो त देशको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक अवस्थाले जगजाहेर गरेकै छ ।


३– अहिलेको सत्ता र व्यवस्थाको वर्गचरित्रको बारेमा संक्षिप्तमा विश्लेषण गरिदिनुस् न ।
० नेपालमा अहिले विद्यमान रहेको सत्ता नोकरशाही दलाल पूँजीवादी सत्ता हो । यसमा केही सामन्तवादका अवशेशहरु छन् । नेपालमा राजतन्त्रको अन्त्य र पूँजीवाद हावी भएपछि सामन्तवाद कहाँ बाँकी रह्यो र भत्रे प्रश्नहरु छन् । यो कुरा सत्य हो कि राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनापछि नेपालको औपचारिक सामन्ती राजनीतिक प्रणाली समाप्त भएको छ । पहिलो, आर्थिक क्षेत्रमा पनि सामन्ती जमिन्दारी व्यवस्था अन्त्य भएको छ । नेपालमा सामन्ती जमिन्दारहरुको करिब अन्त्य भएको छ र त्यसको स्थानमा दलाल पूँजीवादी भूमाफियाहरु उदाएका छन् । दोस्रो, सामन्त उत्पादन र राजनीतिक प्रणालीको अन्त्य भएपछि सामन्ती सँस्कृतिको पनि करिब अन्त्य भएको छ ।

फेरिए पनि, सामन्ती अवशेष नेपालमा अहिले पनि छ । त्यो राजनीतिक क्षेत्रमा राजनीतिक सिन्डीकेटमा देखिन्छ, जुन पूँजीवादमा हुँदैन । जस्तो, सामन्तवादी राजनीतिक व्यवस्थामा राजकाजका कामहरुमा राजा, पुरोहित, सरदारहरुको सिन्डिकेट हुन्थ्यो । जन्मजात राजा, घरानीयाँहरुको हक सेना, प्रहरी र कर्मचारी क्षेत्रमा हुने गर्छ । नेपालमा अहिले पनि ठिक त्यहि प्रकारको सिन्डिकेट र मोनोपोली छ । पूँजीवादमा यस्तो एकाधिकार हुँदैन, प्रतिस्पर्धा हुन्छ । तेस्रो, उत्पादनको क्षेत्रमा जमिनको स्वामित्व सामन्ती प्रकारको छ । घर–घडेरीको लागि आवश्यक पर्ने न्युनतम ५ धुर जमिन देखि ५ हजार बिघाहसम्म जतिनै जमिन भएपनि त्यसको स्वामित्वको आधार लालपूर्जा नै कायम छ । त्यो पूँजीवादी उत्पादनमा जस्तो लिज, मोगिज छैन । चौथोे, यो प्रकारको उत्पादन सम्बन्धले स्वतः समस्था मानिसमा दलाल पूँजीवादी संस्कृति पैदा गरेको हुन्छ, किन कि त्यो प्रकारको संस्कृतिबिना मानिसको दैनन्दिन जीविका नै चल्दैन ।
तर, सामन्तवादका यी सबै अवशेषहरु बिस्तारै समाप्त हुँदै गइहरेका छन् । कतिपय नियम कानुनहरु पार्लियामेन्ट (संसद) ले परिवर्तन गर्दै आएको छ– कतिपय कानुनहरु निष्क्रियजस्ता बनेका छन् र कतिपय व्यवहारहरु सामन्तवादभित्रै पनि पूँजीवादी प्रकारका हुने गरेका छन् । जस्तो अहिले जमिनको स्वामित्व भूमिपति या भूमाफियाबाट कुनै व्यक्तिले लिज, मोगिजमा लिएर चलाउने प्रक्रिया पनि चलेको छ । दाईजो प्रथा, सुदखोरी, भ्रुण हत्या जस्ता सामन्ती विकृतिहरु संसदबाट कानुन निर्माण गरेर हटाउने प्रयास भैरहेको छ । यो प्रक्रियाले विस्तारै पुराना सामन्ती युगीन कानुनहरुलाई निष्क्रिय पार्ने र नयाँ पूँजीवादी कानुनहरु निर्माण गर्ने प्रक्रियामा लैजाँदैछ ।
तर, यी सुधारहरु के का लागि गरिँदैछन् भने यसको अन्तर्यमा नोकरशाही दलाल पूँजीवादी सत्तालाई मजबुत बनउन, यो व्यवस्थालाई संस्थगत गर्न र विशाल नेपाली जनसमुदायमाथि मुठ्ठीभर पूँजीवादीहरुको एकाधिकार कायम गर्ने उद्देश्य रहेको छ ।

४– एमाले, माओवादी केन्द्र, एसमाजवादी लगायतका संसदवादी कम्युनिस्टहरुले त नेपालमा नयाँ जनवादी क्रान्ति (राजनीतिक क्रान्ति) पूरा भइसक्यो, अब आर्थिक क्रान्ति (समृद्धि)को मात्रै खाँचो छ भनेर ठूलै स्वरमा होहल्ला गर्दै आइरहेका छन् नि ?
० हो । आर्थिक क्रान्ति सम्पूर्ण नेपाली जनताको आवश्यकता हो । आर्थिक क्रान्तिको कुरा नगरी कुनै पनि संसदवादी नेताको बाकसमा भोट झर्दैन । त्यसकारण हरेक संसदवादी नेताहरु वा पार्टीहरुले आर्थिक क्रान्तिको राग अलाप्न विवश हुने गर्छन् । तपाईले उच्चारण गर्नुभएका संसदवादी पार्टीहरुले आर्थिक क्रान्तिको कुरा गर्नुको खास कारण त्यहि हो ।

जहाँसम्म आर्थिक क्रान्तिको कुरा छ, त्यो कुन वर्गका लागि भत्रे हो । जस्तो : पूँजीपति, नोकरशाह र राजनीतिक व्यापारीहरुका लागि नेपालमै आर्थिक क्रान्ति हुन आवश्यक छैन । उनीहरुका लागि अमेरिका, बेलायत, चीन, जापान, अष्ट्रेलिया यो पृथ्वीभर जहाँ आर्थिक क्रान्ति हुन्छ, त्यो उसैका लागि भैरहेको हुन्छ । जहाँसम्म नेपाली जनताको लागि आर्थिक क्रान्तिको आवश्यकता हो, त्यो त देशभित्रै हुनु पर्छ । तर, २०४६ सालमा नेपालमा संसदवाद हावी भएपछि त्यसले गरेको पहिलो काम नेपालको आर्थिक क्रान्तिको जग औद्योगिक आधारहरु समाप्त पार्ने काम ग¥यो । हेटौडा–काठमाडौं राजमार्ग बन्द गरियो, यो आर्थिक क्रान्तिको क्षेत्रमा राजधानीको श्वास नली छिनाल्ने काम थियो । पछि सम्पूर्ण उद्योगहरु बन्द गरेर आर्थिक विकासका आन्द्रा–भूँडी निकाल्ने काम गरियो, भयो ।

नेपालको दलाल पूँजीवादी व्यवस्थाको कारण पहिलो कुरा– आर्थिक क्रान्ति जनताको लागि हुँदैन, जनतामाथि लुटपाट गर्नका लागि नेपाली दलाल पूँजीवादीहरुको सहयोगमा विदेशी संरचनाहरु व्यापकरुपमा बनिरहेकै छन् । यो वास्तवमा आर्थिक क्रान्ति होइन, आर्थिक लुटपाट हो ।

जनताको आर्थिक क्रान्तिका लागि पहिलो सर्त दलाल पूँजीवादी सत्ताको अन्त्य हुन आवश्यक हुन्छ । नेपालको संविधान, नियम, कानुनहरु बदल्नु प¥यो । कतिपय मानिसहरु भन्छन्, जति संविधान बदले पनि मानिस त उनै हुन नि ! के फरक पर्छ र ! हो, मानिस त उनै हुन् तर व्यवस्था बदलिएपछि मानिसहरु पनि बदलिन्छन् । त्यसकारण पहिले व्यवस्था बदलिनु प¥यो । जनताको आर्थिक क्रान्ति गर्ने व्यवस्था ल्याउनु प¥यो ।

५– हिजो सँगै जनयुद्ध लडेर आएर संसदीय मूलधारमा पुगेका नेताहरुले त अब नेपालमा जुनसुकै ‘क्रान्ति’ सम्भव नै छैन, चीन र भारत दुई विशाल उदयीमान विश्व शक्तिराष्ट्रको बीचमा रहेको नेपाल, त्यसमाथि अमेरिकाको प्रत्यक्ष उपस्थितिमा पुगेको देशमा ‘व्यवस्था बदल्ने क्रान्ति’ सम्भव छैन भन्नेहरुलाई कस्तो जवाफ दिन चाहनु हुन्छ ?
० उनीहरुको यो निष्कर्ष गलत हो । संसारभरिका मानिसलाई थाहा छ– २०१९–२० को कोबिड महामारीको समयमा संसारभरका मानिसले समाजवादको माग ग¥यो । पूँजीवादी लुटतन्त्र, पार्लीयामेन्ट्री पागलपनको अन्त्यको माग ग¥यो । र, यस प्रकारको माग ती कथित विशाल र कथित उदियमान देशहरुमा नै बढी भयो । किनभने ती पूँजीवादी देशहरुले जनताको स्वास्थ्यको सरोकारलाई व्यापारीको मुनाफाको सरोकारमा बदल्दै थिए । त्यसको बिरोध भैरहेको थियो । साम्राज्यवादी उत्पीडनका विरुद्ध जहिले पनि समाजवादको माग भैरहेको छ ।

६– के अहिलेकै यो संसदीय व्यवस्थाभित्रबाट तपाईहरुले उठाउँदै आउनु भएका राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरुको समाधान सम्भव छैन ? संसदवादी कम्युनिस्टहरुले त यही व्यवस्थाबाट समाजवाद स्थापना गर्न सकिन्छ भन्ने गरेका छन् नि ?
० बिल्कुल सम्भव छैन । र, संसदवादी कम्युनिस्टहरुको कुरा बिल्कुल झुटो हो । किन ? किन कि संसदवादी नेताहरुको चाहना हुन सक्छ– यहि संसदबाट समाजवाद लागु गरौ, राष्ट्रियता जनतन्त्र, जनजीविका सम्बद्ध समस्याहरु समाधान गरौं । परन्तु त्यो किन सम्भव छैन भने– दलाल पूँजीवाद भनेको राष्ट्रियता, जनतन्त्र, जनजीवीका र समाजवादविरोधी व्यवस्था हो । संसदवादको संस्थागत विकास गर्ने, जनतामा योप्रति प्रतिष्ठा बढाउने, र यहि संसदवादप्रति निष्ठावान भएर काम गर्ने कसम, प्रतिबद्धता र कानुनी समर्पण गरेर लागेका पार्टीहरु, संगठनहरु र व्यक्तिहरुलाई यो व्यवस्था परिवर्तन गर्ने नैतिक, राजनीतिक र कानुनी अधिकार बन्दैन । जब यी कुनै पनि कुरा बन्दैनन्, त्यो अवस्थामा कसरी परिवर्तन गर्न सक्छन् ?

यदि यो परिवर्तन गर्ने हो भने उनीहरुले संसदवादी बन्धनहरु तोड्न सक्नु पर्छ । संसदवादी बन्धनहरु तोडेर संसदवादका विरुद्ध दुश्मनीपूर्ण अडान लिन सक्यो भने उनीहरुको नेतृत्वमा पनि समाजवाद आउन सक्छ । तर, फेरि पनि स्पष्ट गर्नु पर्ने कुरा के हो भने– संसदवादभित्रबाट न त त्यो दुश्मनीपूर्ण अडान बत्र सक्छ, न त्यसका विरुद्ध प्रतिवाद नै । त्यसकारण संसदवादीहरुले ससदीय व्यवस्थाभित्रबाट समाजवाद ल्याउछौ भत्रु गाईको गर्भबाट घोडा जन्माउँछौ भनेजस्तै हो ।

७– चार दलीय ‘समाजवादी मोर्चा’लाई चाहिँ कसरी हेर्नुभएको छ ?
यहि समाजवादको आवश्यकतालाई हेरेर “समाजवादी मोर्चा” बनाइएको छ । यसमा केही पार्टीहरु आगामी चुनावमा कसरी भोट जम्मा गर्ने भत्रेमा छन् । केही पार्टीहरु गुमेको साख बचाउन सकिन्छ कि भत्रेमा छन् । केही पार्टीहरु बिगतको इतिहासप्रति प्रायश्चित गरी नयाँ मार्ग बनाउन सकिन्छ कि भत्रेमा छन् ।
तर, यो समाजवादी मोर्चाबाट हासिल गर्ने जसका जे जे चाहना भएपनि अन्ततः सबैका लागि एउटै प्रयत्न हुने जस्तो देखिन्छ त्यो हो, अघि माथिनै भने जस्तो गाईको गर्भबाट घोडा पैदा गर्ने प्रयत्न गर्नु ।


८– संसदीय व्यवस्था र संसदवादी पार्टीहरुबाट वाक्कदिक्क बनेका जनताहरुले वैकल्पिक राजनीतिक शक्तिको रुपमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाललाई खोज्न थाल्ने परिस्थिति किन बन्न सकिरहेको छैन ? किन जनता फेरि पनि पुराना संसदवादीहरुको विकल्पमा नयाँ संसदवादीहरुका पछाडि लागिरहेका छन् ?
० यो तपाईले गम्भिर प्रश्न सोध्नु भयो । यसको पुरा जवाफका लागि केही दिन पर्खनु पर्ला । तर, म निशंकोच, निसन्देह संक्षेपमा भत्र सक्छु कि जनताले कुनै पनि पार्टीलाई वैकल्पिक पार्टी त्यतिबेलासम्म मान्दैनन्, जबसम्म उसको समग्र राजनीतिक कार्यदिशा, कार्यनीति र कार्यक्रमको श्रृङ्खालाप्रति विश्वास मान्दैनन् । जबसम्म जनताले विकल्पको रुपमा स्वीकार गर्दैनन्, तबसम्म उनीहरुले विकल्प मान्दैनन् । यो क्रान्तिकारी पार्टीका लागि आइपर्ने चुनौती हो ।
तर, कुनै संसदवादी पार्टी अन्य संसदवादी पार्टीहरुको पिकल्पको रुपमा किन लिने गर्छन् त जनताले भत्रे प्रश्न पनि आउन सक्छ । त्यसको कारण एउटाबाट आजित भएपछि अर्कोलाई पछ्याउनु पर्ने मानिसको बाध्यता हो, त्यो विकल्पको पहिचान होइन ।
जहाँसम्म हाम्रो पार्टी– क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले राजनीतिक विकल्पको रुपमा स्थापित गर्ने कुरा छ त्यसका लागि हामीले धेरै मिहिनेत गर्नुपर्ने छ, गरिरहेका छौं ।

९– मजदुर, किसान, सुकुम्बासी लगायत शोषित उत्पीडित वर्ग र समुदायका समस्याहरुसँग एकाकार हुने, उनीहरुका समस्याहरुलाई समाधान गर्न पहल गर्ने र उनीहरुलाई संगठित गरेर आन्दोलित गर्ने काममा के कस्ता योजना कार्यक्रमहरु बनाइरहनु भएको छ ?
० अहिले हामी पार्टी एकता प्रक्रियालाई पुरा गर्नेमा लागेका छौ । प्रदेश, जिल्ला र गाउँहरुमा एकता अधिवेशन सम्पत्र हुँदै गईरहेका छन् । तपाईले उठाउनु भएका बिषयहरुमा संघर्षका कार्यक्रमहरु पनि कही हदसम्म चल्दै आएका छन् । पार्टी पंक्तिलाई सुदृढ गरेपछि संघर्षका कार्यक्रमहरु अगाडि बढ्छन् ।

१०–सिद्धान्त-विचारको चरम भ्रष्टीकरण, जनयुद्धको विद्रुपीकरण, कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरुको चरम बुर्जुवाकरण, उपभोक्तावाद(क्षणिक फाइदामा रमाउने प्रवृत्ति)ले नराम्ररी गाँजेका जनताको बोलवाला रहेको मुलुकमा क्रान्तिको कार्यभार पूरा गर्न के कस्ता रणनीति र कार्यनीतिको विकास गरेर लैजानुपर्ने आवश्यकता देख्नुभएको छ ?
० तपाईले भत्रु भएका समस्याहरु अहिले विद्यमान रहेका छन् । विचारको चरम भ्रष्टीकरण भएको छ । सुधारवाद हावी छ । उपभोगतावादको बोलावाला छ । संसदवादी राजनीतिमा मात्र होइन, क्रान्तिकारी राजनीति गर्नेहरुमा पनि छलछाम र षड्यन्त्र व्यापक पाइन्छ । विचार र सिद्धान्तको हुर्मत लिने गरिन्छ र त्यसलाई आफ्नो आर्थिक संकलनको साधन बनाउने नियती व्यापक छ । प्रतिक्रियावादीहरुको होहल्लामा मात्र होइन, कम्युनिस्ट भत्रेहरुबाटै पनि जनयुद्धको विद्रुपीकरण गरिएको छ । दलाल पूँजीवादी हावासँंगै कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरुको चरम बुर्जुवाकरण भैरहेको छ । दलाल पूँजीवादी उत्पादन सम्बन्ध र प्रणालीले आम जनतामा उपभोक्तावाद(क्षणिक फाइदामा रमाउने प्रवृत्ति) हावी छ । यस्तो मुलुकमा क्रान्तिको कार्यभार पुरा गर्न पहिलो कुरा सिद्धान्त, दर्शन, नीति, विधिमा विकास गर्नु आवश्यक छ । मानिसहरुले भत्रे गर्छन् – सिद्धान्त, दर्शन त माक्र्सवाद–लेनिनवाद–माओवाद छँदै छ नि, के को विकास ! तर, कुरा के हो भने अहिले दुनियाँ, जहाँ भूमण्डलीकृत साम्राज्यवादको विकास भएको छ, जहाँ औद्योगिक क्रान्तिको चौथो पुस्ता आइसकेको छ, जहाँ सामुहिक उत्पादनको दायरा बिगतको औद्योगिक पूँजीवादको तुलनामा एउटा फ्याक्ट्रीबाट एउटा देशको सिमा नाघेर विश्वको दायरामा फैलिएको छ, जहाँ पूँजीपतिका लागि सबै प्रकारका राष्ट्रियताका सीमाहरु भत्किएका छन्, जहाँ विज्ञान र प्रविधिमा एकीकृत भौतिकीको सिद्धान्तको विकास गरेका छन्, जहाँ पदार्थ र गतिको द्वन्द्वात्मक सम्बन्धको क्षेत्रमा ‘सिंगुलारिटी’, ‘बिग ब्याङ’ जस्ता सिद्धान्तहरुको प्रतिपादन गरिएका छन् । यी नयाँ खोज र अनुसन्धानलाई सरल रुपमा बुझ्ने गरी द्वन्द्वात्मक भौतिकवादी विज्ञानलाई समाज विज्ञानसंँग जोड्ने सिद्धान्तको प्रतिपादन गर्न आवश्यक छ ।

यसप्रकारको सिद्धान्तको प्रष्टताले नै आम मानिसलाई ऐतिहासिक द्वन्द्वात्मक भौतिकवाद बुझ्न, माक्र्सवाद–लेनिनवाद–माओवाद बुझ्न र लागु गर्न प्रेरित गर्ने छ । यसो गर्न नसक्दा बुर्जुवा विचारबाट प्रशिक्षित भएका मानिसहरुले सबैभन्दा वैज्ञानिक, बस्तुनिष्ठ र तार्किक हुनुपर्ने कम्युनिष्टहरुलाई रुढीवादी, अव्यवहारिक, असफल, कुण्ठित भत्रे आरोपहरु थोपर्दै आउने अवस्था बनेको छ ।
यो अवस्था पार गर्न हामीले सिद्धान्तको राम्रो अध्ययन, अहिले विकास भएका मानिसका उपलब्धिहरुको अध्ययन र त्यसअनुसार मानिसबाट मानिसमाथि उत्पीडन नहुने व्यवस्था वैज्ञानिक समाजवाद स्थापना गर्न सहज हुनेछ ।

११– अन्तमा, छरिएर रहेका कम्युनिस्ट क्रान्तिकारीहरु र परिवर्तनका पक्षधर आम जनतालाई के भन्न चाहनुहुन्छ ?
० सबै क्रान्तिकारीहरुलाई नेपाली जनताको आवश्यक नयाँ जनवाद–बैज्ञानिक समाजवादका लागि एकताबद्ध हुन अपिल गर्दछु । त्यसको सुरुवात नेकपा (बहुमत) र नेकपा (क्रामा)को एकताबाट भैसकेको छ । यसमा सबै क्रान्तिकारी पार्टीहरु, संगठन र ब्यक्तिहरुलाई लामबद्ध हुन अपिल गर्दछु । धन्यवाद !! श्राबण २०८०

(क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य तथा प्रवक्ता धर्मेन्द्र बास्तोला‘कञ्चन’सँग समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेर वर्गदृष्टि साप्ताहिक र मूलबाटो डटकमका लागि लिखित रुपमा लिइएको अन्तर्वार्तालाई यहाँ प्रस्तुत गरिको हो ।– स.)