ईश्वरीप्रसाद गैरे/३१ असार
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय योजना अनुसार नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निबास काण्ड, मिटर ब्याजीहरुलाई तत्काल कारबाही गर्न सरकारलाई दवाब दिन दाङमा हिजो मशाल जुलुस तथा कोण सभा गरिएको छ ।
तुलसीपुरकाे अरनिको मैदानबाट सुरु भएको मशाल जुलुस गणतन्त्र चोकमा पुगेर कोणसभामा रुपान्तरण भएको थियो । सो कोण सभालाई सम्बोधन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी दाङका संयोजक बिरेन्द्रले भुटानी शरणार्थी प्रकरणका योजनाकार अझैसम्म सरकारले समात्न नसकेको, ललिता निबास जग्गा प्रकरणमा दोषीलाई कारवाही गर्न ढिलासुस्ती गरिरहेकाले तथा मिटर ब्याजीहरुका कारणले हजारौंको घरबास छोडन बाध्य भएकोले तत्काल कानुन बनाएर कारबाही गर्न सरकारलाई दवाबदिन आबस्यकता परेकाले बिरोध कोणसभा गरिएको बताउनुभयो ।
उहाँले मन्तब्यकै क्रममा धान रोप्ने समयमा किसानका लागि आबस्यक पर्ने मल बीउ किटनाशक औषधि सुपथ मुल्यमा उपलब्ध गराउनु साटो सरकारी सस्थाहरुलाई मल उपलब्ध गराएर किसानलाई मारेको आरोप लगाउनु भयो । बैदेशिक हस्तक्षेप बढिरहेको महगी अत्यधिक बृद्दी भएकोले तत्काल मूल्य नियन्त्रण गर्न सरकारलाई आग्रह गर्नुभयो ।
उक्त कार्यक्रम सञ्चालन दाङ जिल्ला सह संयोजक तिलक बिकले गर्नु भएको थियो ।






























