साताको साहित्य ः कविता
स्कुले पोशाकमा गयकी छोरी तिमी कहाँँ गयौ ?
हातमा छोपेका किताब कपी कहाँँ खसायौ ?
तिम्रो साइकलको आवाज खोइ कहाँ हरायो ?
छोरी आमा शब्द लेख्ने कलम कहाँ खसायौ ?
छोरी निर्मला फर्क अबत
चिर निन्द्रा पुगे होला उठ अबत ।
आमा भन्दै आगनीमा उभेको
आमा भोक लाग्यो भन्दै चोटा कोठा डुलेको
त्यही शब्द त्यही आवाज लियर आउ अबत
तिम्रै सम्झनामा देश तड्पी रहेछ फर्क अबत
छोरी न्यायको लागि आगो भै दन्कनु छ
उखु बारीकै बिचबाट धावा बोल्नु छ
छोरी तिमी न त शहीद भयौ न त छौ जिवित
न त तिमीले शान्ती पायौ पार्यौ मलाई शोकमा
हजाराँै आमाका अश्रुभेलहरू यस्तै बगिरहे
हजारौँ आमाका कोखहरू यस्तै रित्तिई रहे
हे नरभक्षी राक्षस हो निर्मला कहाँ निल्यौ
छोरीको नाम लिन्छौ किन मेरो ज्युदै लाश बनायौ
पत्तै लाग्न नसक्ने हत्यारो कहाँ कल्प पठायौ
पत्तै लाग्न नसक्ने डीयनएको रिर्पोट कहाँ हरायौ
निर्मला चिर निद्रामा परेको स्थान त थियो होला
कपडा धुने र क्यामरा बिगार्ने हात त थिए होला
त्यसैले छोरी निर्मला फर्क अबत
चिर निद्रा पुगे होला जाग अबत ।
कि तिमी नारी हुँदैमा ब्यर्थ त भएन
यो देशका नारीको कुनै अर्थ रहेन
नारी त तिर्खा मेट्ने पँधेरो बन्यो
यो देशमा नारी भै जन्मनु ब्यर्थ भयो
हुन त कुन चाही तन्त्रमा नारीको शुरक्षा भयो र
हुन त कुन चाही क्रान्तिमा नारीको अस्मीता जोगियो र
त्यसैले त छोरी निर्मला फर्क अबत ।
उखु बारीकै हिलाम्य स्थानबाट धावा बोल्नु छ जाग अबत
भैगो सुशासनको स्वाङ नपार तिम्रा नाङ्गिएका तस्बीर देखिए सेखी नझार
तिमीले मन्चन गरेका नाटक देखिए
तिमीले गरेका कुकृत्य सबै छताछुल्ल भए
पीडकको शुरक्षा गर्ने बिल्ला भिर्यौ
पीडितका प्रमाण सबै नस्ट गर्यौ
कोही रक्त पिपासु कोही यौन पिपासु
कोही छलकपटका पिपासु कोही अर्थ पिपासु
सबै पिपासु एउटै कम्पनीका रहेछौ सिपालु
यो देशमा न त बालक रहे न त बृद्ध बचे
बलात्कारका पिपासुले आमाहरूका कोख रित्त्याए
हे पापिस्ट हो तिम्रो जिबन कती होला
कुनै दिन तिम्रा आफन्त पनि बलात्कृत हँुदा पीडा थाहा होला
तिमी कुन चाहीँ धातुका हौ तिम्रो गती के हो
अपराधीले अपराध गर्छ तिमी बचाउने तिम्रो मती के हो
त्यसैले त न्यायको बिकुल फुक्नु छ छोरी फर्क अबत
चिर निद्रा पुगे होला छोरी जाग अबत ।






























