इच्छुक प्रतिष्ठानकाे प्राज्ञ परिषद् बैठक सम्पन्न

इच्छुक प्रतिष्ठानकाे प्राज्ञ परिषद् बैठक सम्पन्न

काठमाडौं/१२ जेठ
इच्छुक सांस्कृतिक प्रतिष्ठानकाे प्राज्ञ परिषद्काे बैठक अाज प्रतिष्ठानकाे चन्द्रागिरी कक्षमा सम्पन्न भयाे । प्रतिष्ठानका अध्यक्ष प्रा.डा. ताराकान्त पाण्डे्यकाे अध्यक्षतामा बसेकाे बैठकमा मुलतः प्रतिष्ठानले नियमित रुपमा प्रकाशित गर्दै आएको इच्छुक र प्रवर्तककाे प्रकाशन, व्यवस्थापन तथा पाठकसम्म के कसरी विस्तार गर्न सकिन्छ भन्ने विषयमा अन्तरक्रिया गरिएकाे कुरा प्रतिष्ठानका सदस्यसचिव मित्रलाल पंज्ञानीले बताए ।

गत मङ्सिरमा सम्पन्न प्राज्ञसभापछि बसेकाे बैठकले त्यस यता प्रतिष्ठानले गरेका कार्यहरुकाे सङ्क्षिप्त रिपोर्ट सदस्यसचिव मित्रलालले प्रस्तुत गरे भने प्रतिष्ठानकै दाङ लमहीमा निर्माणाधीन भवनकाे प्रगति रिपोर्ट प्राज्ञ सदस्य हिरामणि दुःखीले प्रस्तुत गरेका थिए ।

हरेक वर्ष जेठ १३ गते इच्छुक स्मृति तथा सांस्कृतिक वलिदान दिवस प्रतिष्ठानले मनाउँदै अाएकाे छ । वलिदान दिवसको तयारीका लागि समेत बैठकले अावश्यक निर्णय गरेको जनाइएको छ । १३ गते विहान काठमाडौंकाे अखिल नेपाल जनसांस्कृतिक महासङ्घ तथा क्रान्तिकारी पत्रकार महासङ्घकाे संयुक्त अायाेजनामा शान्तिबाटिकामा जम्मा भएर प्रभातफेरी गर्दै नेपाल पुलिस क्लबअगाडि अाएर काेणसभा गरिने कार्यक्रममा प्रतिष्ठानले पनि सहभागीता जनाउने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ ।