” विश्वका मजदुरहरु हो , एक होऔं “
– कार्ल मार्क्स
विश्व मानव समुदायको विकसित रुप अन्तर्राष्ट्रियतावाद हो । राष्ट्रियतालाई खदिलो तुल्याउँदै सर्वहारा वर्गको संगठि राजनीतिक अग्रदस्ता कम्युनिस्ट पार्टीको नेतृत्वमा स्थापित गरिने वैज्ञानिक समाजवाद र साम्यवादको विकासप्रक्रियासंगै अन्तर्राष्ट्रियतावादको विकास हुन्छ । सर्वहारा वर्गको स्वरुप अन्तर्राष्ट्रिय भएकोले सर्वहारा मानवतावाद सर्वहारा अन्तर्राष्ट्रियतावादमा आधारित रहेको छ । मानव जातिको सामाजिक विकासको यात्रा आदिम साम्यवाददेखि भविष्यको वैज्ञानिक साम्यवादसम्म उन्मुख रहेको छ । यसको विकासको यात्रा जारी छ ।
अन्तर्राष्ट्रियतावाद राष्ट्रवादविपरीतको विचार हो । यसले कुनै राष्ट्रको सिमालाई मान्दैन । किनकि अन्तर्राष्ट्रियतावाद मजदुर वर्ग तथा उसको पार्टीको विचारधारा र नीतिको आधारभूत सिध्दान्त हो । वैज्ञानिक साम्यवादका सिध्दान्तकार कार्ल मार्क्स ( २८१८- १८८३)र उहाँका अनन्य मित्र फ्रेडरिक एंगेल्स ( १८२० – २८९५ ) ले सन १८४८ मा लण्डनबाट विश्व कम्युनिस्ट आन्दोलनको पहिलो कम्युनिस्ट पार्टी ” कम्युनिस्ट लिग ” को तर्फबाट विश्वविख्यात ” कम्युनिस्ट घोषणापत्र ” जारी गर्नुभयो । त्यो नै अन्तर्राष्ट्रिय सर्वहारा वर्गको मुक्तिको सिध्दान्त बन्यो । उक्त कम्युनिस्ट घोषणापत्र जारी गर्ने क्रममा मार्क्सले उद्घोष गर्नु भयो , ” विश्वका सर्वहारा हो , एक होआौं ” यो नै विश्व सर्वहारा वर्गको अन्तर्राष्ट्रिय नारा हो । यस नाराले संसारभर फैलिएका सर्वहारा अर्थात् श्रमजीवी मजदुर वर्गको अन्तर्राष्ट्रिय भाईचारा कायम गर्ने बलियो हतियार बन्यो । यो नारालाई विश्वभरका सर्वहाराहरुले घन्काउन थाले । यही नाराले नै विश्वभरका सर्वहारा श्रमजीवी वर्गलाई अन्तर्राष्ट्रिय रुपमा एकताबध्द गर्ने सैध्दान्तिक हतियार उपलब्ध गरायो । यसैले त कम्युनिस्ट तथा कम्युनिस्ट पार्टीलाई अन्तर्राष्ट्रियतावादी पार्टी भनिन्छ ।
मार्क्स – एंगेल्सले मानव समाजमा वर्ग रहेसम्म वर्गीय शोषण , उत्पीडन , अन्याय अत्याचार , लुट खसौट , काटमार , झैझगडा , भ्रष्टाचार , तस्करी , अनैतिकता कायमै रहने र मान्छेले व्यक्तिगत स्वार्थ पूर्ति गर्नका लागि जस्तोसुकै अपराध ( हाल नेपालमा पैसाका लागि राज्यकै तर्फबाट नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अर्थात् अनागरिक बनाएर विश्वको तेस्रो राष्ट्रमा बेच्ने राजद्रोह तथा संगठित अपराध ) , गर्न समेत पछि नपर्ने भएकोले वर्गविहिन , राज्यविहिन वैज्ञानिक साम्यवादको परिकल्पना गर्नु भएको हो ।

पेरिस कम्युन हुदै सन १९१७ मा सम्पन्न महान् रुसी अक्टोबर समाजवादी क्रान्तिले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा ठूलो प्रभाव मात्रै पारेन ठूलो उथलपुथल नै ल्याई दियो । पूर्वी युरोपका २० आौं देशहरूमा सोभियत मोडलको समाजवाद लागु गरियो । पूर्वी जर्मनी र अफगानिस्तानमा पनि सोभियत मोडलको समाजवाद लागु गरियो । भारत , चीन , भियतनाम , उत्तर कोरिय । कम्वोडिया लावस, इटली , फिलिपिन्स , हंगेरी , डेनमार्क , नेदरल्यान्ड , जापान , बंगलादेश, नेपाल लगायत विश्वका दर्जनौं देशहरूमा कम्युनिस्ट पार्टीहरु निर्माण गरिए ।
त्यसपछि कोरिया , भियतनाम , चीन , कम्वोडिया , क्वुवा आदि देशहरुमा नयाँ जनवादी तथा समाजवादी क्रान्तिहरु सम्पन्न गरिए । पेरु , नेपालमा दशौं वर्षसम्म सशस्त्र जनयुद्ध सञ्चालन गरिए । यद्यपि रुस , चीन , भियतनाम आदि देशहरूमा प्रतिक्रान्ति भएको र पेरु , नेपाल जस्ता देशहरूमा क्रान्तिकाले सेडव्याक खाएको भए पनि विश्व सर्वहारा क्रान्ति जारी छ र विश्व क्रान्तिको विजय अवश्यम्भावी छ ।
यसैले विभिन्न देशका सर्वहारा श्रमिक जनताद्वारा पुँजीवादका विरुद्ध सामाजिक तथा राष्ट्रिय मुक्तिका ल, वैज्ञानिक समाजवाद तथा साम्यवादको निर्माणका लागि गरिएको संघर्षमा उनीहरूको ऐक्यबद्धता कायम हुने गर्दछ । कम्युनिस्ट घोषणापत्र मा नै संसारभरिका मजदुरहरु हो , एक होआौं भन्ने नारा लेखिएको पनि यसैले गर्दा हो । चीन , कोरिया , भियतनामका क्रान्तिको समयमा शक्तिशाली सोभियत रुसले आर्थिक , भौतिक , हतियार तथा सैन्य सहयोग समेत गरेको थियो ।
अन्तर्राष्ट्रियतावादको आधार सर्वहारा वर्गको हित र उनीहरूको संघर्षको अन्तिम लक्ष्य समान हुन्छ । उनीहरूका प्रतिनिधि कुनै राज्यका निवासी भए पनि फरक पर्दैन , सबैको दृष्टिकोण अन्तर्राष्ट्रियतावाद हुन्छ । उदाहरणका रुपमा रोज लगजमेवर्ग र चे ग्वेभारालाई लिन सकिन्छ । रोज लक्जम्वर्ग पोल्यान्डकि नागरिक हुनुहुन्थ्यो , जर्मन कम्युनिस्ट पार्टीको सदस्य हुनुहुन्थ्यो र उहाले महान् रुसी अक्टोबर समाजवादी क्रान्तिमा सक्रिय रुपले भाग लिनुभएको थियो । त्यस्तै चे ग्वेभारा अर्जेन्टिनाको नागरिक हुनुहुन्थ्यो । पेसाले उहाँ मेडिकल डाक्टर हुनुहुन्थ्यो र महान् क्वुवाली क्रान्तिको नायक हुनुहुन्थ्यो । क्वुवाली क्रान्तिको सफलता पश्चात् क्वुवाको नागरिकता लिएर शिक्षा मन्त्री बन्नु भएको थियो । तर उहाँले क्वुवाको नागरिकता त्यागेर विश्व क्रान्तिलाई अगाडि बढाउने ध्येयले चे वोलिभियामा क्रान्तिलाई अगाडि बढाइरहेको अवस्थामा सन १९६७ मा अमेरिकी सिआइएको सहयोगमा वोलिभियामा हत्या गरिएको थियो । यसरी उहाँ अन्तर्राष्ट्रिय शहिद बन्नु भएको थियो । भारतीय एक चिकित्सक चिनियाँ क्रान्तिलाई सहयोग गर्न चीन जानु भएको थियो , उहाँ सन १९३२ मा चीन मै शहिद हुनुभएको थियो । सन १९५० – १९५३ को कोरियान युध्दमा रुस र चीनले कोरियालाई ठूलो सहयोग गरेका थिए , कमरेड माओ त्सेतुङको जेठो छोरा माओ यनिङ को कोरियन युध्दमै मृत्यु भएको थियो र उनी सहित हजारौं चिनियाँ नागरिकहरु कोरियन युध्दमा शहिद भएका थिए ।
अन्तर्राष्ट्रियतावमदको उद्भव अन्तर्राष्ट्रिय साम्यवादी आन्दोलनको प्रारम्भिक अवस्थामा अर्थात् मार्क्सवाद ( सन १८४८ ) को उदयसंगै भएको थियो र आरम्भमा यो अन्तर्राष्ट्रियतावाद मजदुरको मानसिकतामा सामाजिक अनुभूति र अन्तर्राष्ट्रिय एकताको नाराको रुपमा प्रतिबिम्बित भएको थियोे । वैज्ञानिक साम्यवादले अन्तर्राष्ट्रियतावादलाई सैध्दान्तिक आधार प्रदान गरेको हो । विश्वविख्यात कम्युनिस्ट घोषणापत्र ( १८४८ ) र अन्य रचनाहरुमा मार्क्स र एंगेल्सले पुँजीवादका विरुद्ध संघर्षमा विभिन्न देशका मजदुरहरुको एकताको वस्तुगत आवश्यकतालाई जोड दिइएको पाइन्छ । त्यसो भएर नै सन १८६४ कार्ल।मार्क्स स्वयंको अध्यक्षतामा प्रथम अन्तर्राष्ट्रिय (First International ) को निर्माण गर्नुभएको थियो । त्यसको १८७२ मा विघटन गरिएकोले मार्क्सको निधन ( १८८३ ) पश्चात् सन १८८९ मा फ्रेडरिग एंगेल्सको नेतृत्वमा दोस्रो अन्तर्राष्ट्रियको निर्माण गरिएको थियो । वैचारिक समस्याका कारण ( सन १९१४ ) यसको पनि विघटन हुन पुगेकाले यसको आवश्यकतालाई महसुुस गरेर सन १९१९ लेनिन आफ्नै नेतृत्वमा तेस्रो अन्तर्राष्ट्रिय ( Third International ) को निर्माण गर्नु भएको थियो । सन १८४३ दोस्रो विश्वयुध्दका बेला यसको पनि स्टालिनद्वारा विघटन गरिएको थियो । सन १९४७ मा स्टालिनले अन्तर्राष्ट्रिय सूचना व्यूरो ( Comiform) को गठन गर्नुभएको थियो तर त्यसलाई मान्न चीन तयार नभए पछि त्यो उपयोगमा आएन ।
सन १९५६ मा सोभियत रुसमा प्रतिक्रान्ति र सन १९७६ मा चीनमा प्रतिक्रान्ति मै पुँजीवादको पुनस्र्थापना भए पनि विश्व कम्युनिस्ट आन्दोलन अन्तर्राष्ट्रिय बिहिन हुन पुगेको थियो । तर सन १९८४ विश्वका क्रान्तिकारी माओवादी पार्टीहरुले क्रान्तिकारी अन्तर्राष्ट्रिय आन्दोलन ( रिम ) Revulationari internation movement ( Rim ) को गठन गरेका थिए । वैचारिक समस्याका कारण आज रिमको विघटन भइसकेको छ र आज विश्व कम्युनिस्ट आन्दोलन आफ्नो अन्तर्राष्ट्रिय बिहिन अवस्थामा छ । र नेपाल , भारत , फिलिपिन्स , अफगानिस्तान , टर्की , बेल्जियम , नेदरल्यान्ड , भेनेजुयला लगायतका क्रान्तिकारी माओवादी कम्युनिस्ट पार्टीहरुले नयाँ अन्तर्राष्ट्रियको निर्माणको लागि पहल गरिरहेको अवस्था छ ।
तसर्थ यसमा अन्तर्राष्ट्रियतावादको आधारभूत सिध्दान्त प्रतिपादन भएको छल।अन्तर्राष्ट्रियतावादको सिध्दान्तको तात्पर्य अन्तर्राष्ट्रिय पुँजीपति वर्गका विरुद्ध संघर्षमा विभिन्न देशका मजदुर वर्गको पारस्परिक सहयोग समस्त राष्ट्रको समानताको मान्यता , एक राष्ट्रद्वारा अर्को राष्ट्रमाथि उत्पीडनप्रतिको विरोध हो । यसले अन्तर्राष्ट्रिय तथा राष्ट्रिय हितलाई विलय गर्ने परिकल्पना गर्दछ । अन्तर्राष्ट्रियतावादले जहिले पनि बुर्जुवा राष्ट्रवाद , महाशक्तिवादी अन्धराष्ट्रवाद , जातिवाद तथा उपनिवेशवादी विचारधाराको विरोध गर्दछ ।
अन्तर्राष्ट्रियतावाद आधारभूत रुपमा विश्ववादको पनि विरोधी हो । यो विश्ववादले तटस्थताको खेलमा राष्ट्रिय राजनीतिक असमानता , साम्राज्यवादी प्रभुत्व तथा उत्पीडनलाई ढाकछोप गर्ने भएकोले अन्तर्राष्ट्रियतावादले यसको विरोध गर्दछ ।
अन्तर्राष्ट्रियतावादलाई व्यवहारिक रुप दिने प्रयास पहिलोचोटि लेनिन – स्टालिनको समयमा सोभियत संघले गरेको थियो । सोभियत संघमा जातीयताको समस्या समाधान गरी बहुजातीय राष्ट्रको निर्माण गर्ने प्रयास गरिएको थियो ।
अन्तर्राष्ट्रियतावादले मानिसदाई अन्तर्राष्ट्रियकरण गरी अन्तर्राष्ट्रिय बनाउने चेष्टा गर्दछ । यसो हुँदाहुँदै पनि अन्तर्राष्ट्रियतावाद वैज्ञानिक समाजवादी देशभक्तिसंग अटुट रुपले जोडिएको हुन्छ । अन्तर्राष्ट्रियतावाद सोभियत संघमा समाजवाद स्थापना भए पछि विकसित भएको थियो भन्ने मानिन्छ
कुनै पनि देशको क्रान्ति विश्वक्रान्तिकारी प्रक्रियाको अभिन्न अंग भएको हुनाले एउटा देशका सत्ताधारी हुन वा संघर्षरत , एक दोस्रोप्रतिको नैतिक , भौतिक सहयोग गर्नुपर्ने कर्तव्यलाई अन्तर्राष्ट्रियतावादको आधारभूत सिध्दान्त मानिएको छ अथवा कुनै पनि देशको न्यायपूर्ण संघर्ष एवं मुक्ति आन्दोलनको समर्थन गर्नु पनि अन्तर्राष्ट्रियतावादले आफ्नो दायित्व ठान्दछ ।
आजको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग हो । विश्व सर्वहारा क्रान्तिले मात्र विश्व साम्राज्यवादलाई परास्त गरेर साम्यवादका सिध्दान्तकार दार्शनिक कार्ल मार्क्सले परिकल्पना गर्नुभएको वर्गबिहिन राज्यबिहिन वैज्ञानिक साम्यवादको निर्माण गर्न सकिन्छ । त्यसो भएर नै माक्र्सवाद – लेनिनवाद – माओवादको आलोक र पथप्रदर्शनमा सञ्चालन गरिने नयाँ अन्तर्राष्ट्रियको निर्माण गर्न अनिवार्य सर्त बन्न पुगेको । क्रान्तिकारी कम्युनिस्ट पार्टी तथा विश्व सर्वहारा वर्गले यो युगीन कार्यभार पुरा गर्नै पर्ने आजको अपरिहार्य आवश्यकता बन्न पुगेको छ ।