
९ जेठ सिन्धुली
२०८० साल जेठ ९ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सिन्धुली जिल्ला र नेपाल कम्युनिस्ट पार्टी (मशाल)सिन्धुली जिल्ला समितिको संयुक्त आयोजनामा सिन्धुली माडी बजारको लोकतान्त्रिक चौतारीमा नक्कलिभुटानी सरणार्थी मानव तस्करी संगठित गिरोहलाई कारवाही गराउन, राष्ट्रघाती नागरिकता बिधेयक खारेज गराउन र भ्रष्टचारको बिरोधमा संघर्षका लागि बिरोध कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टीका महाधिबेशन आयोजक समितिका सदस्य एबम् जिल्ला ईन्चार्ज जिवनले नेपालीलाई पाँच लाख देखि पचास लाख रुपैयाँ संम्म लिएर मानव तस्करी गर्ने संगठित गिरोहलाई सशक्त कारवाही गराउन आधिबेहरी सृजनागर्नको लागि राष्ट्रघाती बिधेयक खारेज गराउन र भ्रष्टाचारीलाई कारवाही गर्न क्रान्तिकारी कम्युनिष्ट पार्टी महाधिवेशन आयोजक समितिले बिरोध कार्यक्रम संचालन यही गत बैशाख ३१ गते देखि गर्दै आएको कुरा अवगत गराउनु भयो । बिरोध कार्यक्रमको संचालन पार्टी जिल्ला सेक्रेटरी अनुजले गर्नु भएको थियो ।