प्रेम प्रसाद कडेल/ चितवन
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र नेपाल कम्युनिष्ट पार्टी मशालको संयुक्त आयोजनामा भरतपुरको मालपोत चोकबाट चौबिसकोठीसम्म र्यालीसहित कोणसभा सम्पन्न भएको छ।
उक्त कोणसभाको सञ्चालन क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य दुर्गा प्रसाद सुवेदीले गरेका थिए। कार्यक्रमको प्रमुख अतिथि क्रान्तिकारी पार्टी नेपालको केन्द्रीय सचिवालय सदस्य चन्द्रहरि सुबेदी अटलले यो भुटानी शरणार्थी काण्डलाई नेपाल प्रहरीको सुडान घोटालामा जस्तै केही भ्रष्टहरुको पर्दाफास गर्ने र ठूला भ्रष्टाचारीलाई उम्काउन षडयन्त्र भइरहेको बताए।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी मशालको केन्द्रीय प्रतिनिधि गंगा पौडेल, क्रान्तिकारी कम्युनिष्ट नेपालको केन्द्रीय सल्लाहकार किसान नेता भूमिश्वर कँडेलले संसारमा भ्रष्टाचारीहरु राष्ट्र छोडेर भागेको इतिहास रहेको बताए। महाधिवेशन आयोजक समिति सदस्य घननाथ सापकोटा लगायतले राष्ट्रघाती नागरिकता विधयेक पास गरे देशमा राष्ट्रिय मुक्ति आन्दोलन हुने कुरा बताए।
कार्यक्रममा साहित्यकार ईश्वरी ओझा र टंक ढकाल तितेपातीले राष्ट्रिय स्वाभिमानका कविता वाचन गरे। कार्यक्रममा चितवनका न्यायप्रेमी समुदायको उल्लेख्य सहभागिता रहेको थियो।