दाङ घाेराहीमा भ्रष्टाचार विरुद्ध विरोध कार्यक्रम सम्पन्न

दाङ घाेराहीमा भ्रष्टाचार विरुद्ध विरोध कार्यक्रम सम्पन्न

घाेराही, दाङ / जेठ २
अाज दाङ, घाेराहीकाे तुलसीपुर चाेकमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा मशालकाे संयुक्त अायाेजनामा भ्रष्टाचार विरुद्धकाे विरोधसभा सम्पन्न भएको छ ।

नेपालीहरुलाई भुटानी नागरिक बनाइ अमेरिका पठाउन गरिएको नक्कली शरणार्थी सम्बन्धि भ्रष्टाचारमा संलग्नहरुलाई हदैसम्मकाे कारवाही गर्न सरकारलाई दबाब दिन देशैभरी अाज उक्त दुई क्रान्तिकारी पार्टीहरुले विरोध कार्यक्रम गरेका थिए । साेही अवसरमा घाेराहीमा कार्यक्रम गरिएको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य समीर केसीले बताए ।

घाेराहीमा सम्पन्न विरोध सभालाई नेकपा मशालका जिल्ला सचिव रामबहादुर जिएम, क्रान्तिकारी कम्युनिस्ट पार्टीका केस समीर केसी र रामजी थारुले सम्बाेधन गरेका थिए । उक्त काेणसभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टीका जिल्ला नेता तिलक बिकले सञ्चालन गरेका थिए ।