साताको साहित्य ः निबन्ध
म १३÷१४ वर्षकी हुँदीं हुँ ! माओवादीले त दाइजो लिने र दिने दुवैलाई कारवाही गर्छ रे ! अब छोरी दिँदा पनि दाइजो दिन पर्दैन रे ! छोराको विवाह गर्दा नि ल्याउन पाइन्न रे भन्ने सुनेको । खै ! किन हो कुन्नि, मेरा बाल मस्तिष्कमा यसले ठुलै तरङ्ग ल्याइदियो । त्यसको केही समय लगत्तै प्रचण्डले मुठ्ठी कसेर अभिभादन गरेको पत्रिका मैंले कसो कसो हात पारेँ । पढ्न नपाउँदै त्यो पत्रिका मलखादमा पुरिदिनुप¥यो । कारण प्रहरीले त्यति बेला माओवादी समर्थक कुनै पनि पत्रपत्रिका कसैको घरमा भेट्यो कि सिधै गोली पनि ठोक्न सक्थ्यो । मैंले त्यस्को केही वर्षपछि जनवादी विवाह र प्रगतिशील विवाहको वारेमा पनि सुनें । त्यसपछि त म माओवादी भनेपछि झनैं हुरुक्कै भएँ । माओवादीमा त केटा मान्छेले पनि आँपूmले खाएको भाँडा आँफै माझ्न पर्छ रे सबैले ! आफ्ना कपडा आँफै धुनु पर्छ रे ! त्यसपछि त म झन् सरप्राइज ! किन कि मेरा बाले आँपूmले खाएको थाल कहिल्यै पनि जुठेल्नामा नलगेरै बित्नुभएको थियो । हाम्रा घरमा पाहुना आएका प्रायः गरेर छोरा मान्छेले खाएकै ठाउँमा थाल छोडेर हात चुठ्न उठ्थे । ती सबै भाँडा आमाले एक्लै धस्काउनुपथ्र्याे । पाहुना आउँदा जसरी पनि मिठो मसिनो खुवाउनु त धर्मै हो तर फेरि दक्षिणा पनि दिन पर्दा आमाका ओँठतालु सुक्थे । इज्जतका लागि पनि त्यो नगरिहुन्थेन । आमाको त्यो अभाव र बेचैनीले मलाई भित्र भित्रै पोल्थ्यो । माओवादीले यी सबै सामन्ती व्यवस्थालाई इन्कार गर्छ । यी सबैको विरोध गर्छ भनेको सुनेपछि मलाई अब माओवादी सँग भेट्ने हुट्हुटी चल्न थाल्यो । माओवादीमै गएर बन्दुक बोक्ने रहर पनि नजागेको होइन तर माओवादी बन्न र उनीहरू सँगै जान सहज पनि थिएन । त्यो बेला एमालेका विद्यार्थी सङ्गठनले माओवादीको फुल सपोर्ट गर्थे । मैंले त तिनै माओवादी हुन् भन्ने ठानेंछु । अब चाहिँ एसएलसी दिएर माओवादीमा भाग्नु पर्छ भन्दाभन्दै बिस्तारै माओवादी आन्दोलन पनि मत्थरियो ।
२०६२÷६३ को आन्दोलनमा गाउँतिरै घाँटी सुकाइयो । त्यस लगत्तै काठमाडौँ प्रवेश गरेपछि बल्ल आधिकारिक रूपमा विद्यार्थी सङ्गठनतिर प्रवेश गरियो । २०६२÷६३ तिर माओवादी भर्खर जंगलबाट सहर छिर्दै थिए । आदर्शवादी थिए । सबैले मुठ्ठी कसेर हात मिलाउँथे । महिलालाई हेर्ने दृष्टिकोण र व्यवहार पनि आदर्श नै देखिन्थ्यो । २०६३ देखि २०६६ सम्म क्रान्तिकारीका प्राय साथीहरूले प्रगतिशील विवाह नै गर्थे । विवाह भए पनि महिलाको सिउँदोमा सिन्दुर, चुरा पोते र टिका झप्पक्क हुन्थेन । गरगहना पनि देखिन्थेन । मलाई त्यसै आहा ! लाग्थ्यो । समाजमा दाइजो नलीइकन केटी पक्षलाई अलिकति पनि आर्थिक बोझ नगराइकन विवाह पनि त हुने रहेछ नि है ? समाजमा यस्ता आदर्श केटा र आदर्श परिवार पनि त रहेछन् नि है ! भन्ने लागिरहन्थ्यो । फेरि जातीय असमानता पनि त्यहाँ पटक्कै हुन्थेन । प्रायः त्यो बेलाका जोडी अर्थात् श्रीमान् र श्रीमतीबिच घरको काम पनि समान रूपले बांँडफाँंड हुन्थ्यो । श्रीमान्ले पनि घरमा भात पकाउने, लुगा धुने, कपडा धुने, बडार कुँडार सबै गर्ने रहेछन् । दुवै जनाले मिलिजुली गर्दा रहेछन् । सम्बोधन गर्दा श्रीमान्ले पनि श्रीमतीलाई तपाईं नै भन्ने गर्थे रे ! नत्र तिमी त अनिवार्य । क्या गजव ! हाम्रो परिवार र समाजमा पनि दाइजो नलिकन विवाह गर्न सक्ने सबै आदर्श पुरूष भइदिए दाइजो कति चाँडै उन्मूलन होला है भन्ने लाग्थ्यो । मलाई दाइजोप्रति साह्रै घृणा र वितृणा थियो बच्चैदेखि । दाइजोरहित विवाह नेपालभरिका सबै युवामाझ कसरी फैलाउन सकिन्छ भनेर म धेरै रात अनिँदो पनि बसेकी छु । म नयाँ पत्रिकाका प्रमुख कृष्ण ज्वाला देवकोटासँग मैंले २ पटक भेटेकी छु । तर म त्यति परिपक्व नभएर होला उनले त्यति बेला खासै चासो दिएनन् ।
मलाई मेरो परिवारबाट राजनीति गर्न, साहित्यमा लाग्न र पत्रकारिता गर्न पूर्णरूपमा बन्देज जस्तै थियो । घरबाट बाहिर निस्कने भनेको उही लेज पढ्न र ट्युसन पढ्न मात्रै थियो । विद्यार्थी संगठन र आन्दोलनमा लागेको कुरा थाहा पाएपछि र हिँडेको देखेपछि दाइको हातबाट धेरैपटक चुटाइ र गाली पनि खान्थेँ । साहित्य लेख्न मन लागे टन्न लेख्नु, म पछि किताब छापिदिन्छु तर बाहिर जाने होइन भन्ने थियो दाइको भनाइ । फेरि विवाहको प्रसङ्ग चल्यो । दाइजोसहितको विवाह मलाई मञ्जुर थिएन । दाइजो बिनाको विवाह गर्ने केटा खोज्न परिवारलाई असम्भव जस्तै थियो । त्यो बेला परिवार, आफन्त र नातागोताले खोजेको केटा रिजेक्ट गरेको कारण मेरो परिवारमा धेरैपटक तनाब छाएको थियो । राम्रो केटो ल्याउँदा पनि विवाह गर्न नमानेको भन्दै सबै परिवारै १ पटक नराम्रोसँग रुनु पनि भयो । विवाहकै कारण झन्डै १ वर्ष परिवारसँग राम्रो बोलचालसमेत भएन मेरो । जति विद्रोह गरेपनि आफ्नो आर्थिक हैसियत नभएपछि संगठन र साथी सँगीको साहाराले कति दिन पो गुजरा गर्न सकिन्थ्यो र ? त्यो बेला मैंले पारिवारिक कुरा सङ्गठन र साथीहरू सँग खुल्ला रूपमा सेयर गर्न पनि सकिन । जे होस् फेरि झण्डै १ वर्षपछि मेरा लागि पारिवारिक वातावरण सामान्य बन्यो । तर फेरि विवाहको प्रेसर उही रफ्तारमा दोहोरियो । मलाई जीवनमा प्रगतिशील विवाहभन्दा अरू विवाह गर्नु नै थिएन । प्रगतिशील विवाह गर्न राजी हुने मान्छेले कम्तीमा राजनीति, हाम्रो समाज, महिलाको भावना, मानवता सबै बुझेको हुन्छ । समानता बुझेको हुन्छ भन्ने धारणा थियो । मलाई मेरो परिवार र समाजमा कम्तीमा पनि यो कुरीति विरुद्ध विद्रोह गर्नु थियो । मैंले मेरा तर्फबाट मन, वचन र कर्मले समाज परिवर्तनकै लागि मनबाटै विद्रोह गर्न खोजेकी थिएँ ।
अहिले मेरो विद्रोह पुरै ओझेलमा परेको छ । मेरो हुंकार विस्तारै सेलाउँदै गएको छ । मेरो सानो दाइले २०६५÷०६६ सालतिर भन्नुहुन्थ्यो – तैंले आदर्श मानेका कम्युनिस्ट नेताको घरमा गएर तिनीहरूको व्यवहार हेर अनि थाहा पाउँछेस् उनीहरूको वास्तविकता भन्नुहुन्थ्यो । हुन पनि बाहिर आदर्श छाँट्ने नेताहरूले आफ्नो घरमा श्रीमतीलाई गर्ने गरेका व्यवहार सुन्दा कटक्कै मन खान्थ्यो । घरमा आफ्ना लुगा आँफै धुने, आपूmले खाएका भाँडा आँफै माझ्ने, किचनको काम गर्ने, श्रीमतीलाई घरको काममा सघाउने भन्या त भाषण र गोष्ठीमा मात्रै रहेछ । श्रीमतीलाई राजनीति र साहित्यतिर लाग्न, पढ्न र लेख्न सघाउने, हौसला दिने भन्ने आदर्श नेता त हाम्रोमा शून्य नै रहेछन् । दशवर्षे जनयुद्धकालमा पनि लैंङ्गिक समानताको अभ्यास गजबले भएको थियो । धेरै महिलाहरूले पितृसत्ताको महिलाद्वेषी चिन्तन र व्यवहार फेर्न भनेर जनयुद्धमा होमिएर सहादत प्राप्त गरे । कति अहिले पनि घाइते छन् । कतिपय खाडीमा छन् । सामान्य योद्धाहरू अहिले जनयुद्धभन्दा पहिलेकै जीवनशैली बाँंचिरहेका छन् । औंलामा गन्न सकिनेहरू चाहिँ संसदीय राजनीतिमा अभ्यस्त पनि छन् । जनयुद्धमा सहभागी भएर बाँचेका ती तमाम महिला योद्धाहरू अहिले आफ्नै श्रीमान्का कठपुतली बन्न बाध्य छन् । कठपुतली बन्न नसकेका प्रायको घरबार टुटिसकेको छ । पुरानै अभ्यास गर्न नसके परिवार र समाजबाटै बहिष्कृत हुने डर पनि उत्तिकै छ । अहिले लैंङ्गिक समानताका कुरा, दाइजो प्रथाको विरोध, छाउपडीको विरोध, जातीय छुवाछुतलगायतका विरोधहरू एनजिओ र आइएनजिओका आम्दानी गर्ने मुख्य स्रोत बनेका छन् भने कम्युनिस्टहरूका लागि आदर्श छाँट्ने र समाज तथा तमाम महिलाहरूलाई उल्लु बनाउने मैदान बनेको छ ।
(इच्छुक सांस्कृतिक प्रतिष्ठानबाट प्रकाशित ‘इच्छुक’ सा.त्रै. वर्ष ९ पूर्णङ्क ९बाट साभार)