९ बैशाख पोखरा ।
यही २०८० वैशाख ९ गते नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको ७५ वर्षगाठको दिन ४ न.प्रदेशको पोखरामा नेपाल दलित मुक्तिमोर्चा को प्रदेश भेला सम्पन्न भएको छ ।
पार्टी पिविएम तथा मोर्चाको फ्र्याक्सन इन्चार्ज केश बहादुर परियारको प्रमुख आतिथ्य र मोर्चाको प्रदेश संयोजक राम नेपालीको अध्यक्षतामा भेला गरिएको थियो । भेलामा गोरखा, तनहुँ, कास्की, बागलुङ, पर्वत, नवलपुर लगायत जिल्लाहरुका पर्तिनिधिहरुको उपस्थिति रहेको थियो ।
भेलाले राम नेपालीको संयोजकत्वमा १३ सदस्यीय प्रदेश समिति चयन गरेको छ । समितिमा सीता परियार, राजकुमार सुनार, पदक विक, गोविन्द परियार, अगन विक, ऋषिराम विक, ज्ञान बहादुर विक, प्रेम नेपालीर रेशमलाल नेपाली रहेका छन् । बाँकि ३ जना बैठकद्वारा पछि थपिने छ ।