९ बैशाख पोखरा ।
१५४ लेनिन जयन्ती एवम् नेपाल कम्युनिस्ट पार्टी स्थापनाकै दिन अखिल(क्रान्तिकारी) ४ नं. प्रदेशको भेला कास्की स्थित पोखराको रामबजारमा सम्पन्न भएको छ । भेलाले उषाकिरण आजादको संयोजकत्वमा १५ सदस्यीय प्रदेश कमिटी निर्वाचित गरेको छ ।
संगठनका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले निर्वाचित कमिटीलाई संगठनको सपथ गराएका थिए ।
निर्वाचित कमिटिलाई बधाई दिदै अध्यक्ष गजुरेलले अब शिक्षामा व्यापार गर्ने व्यापारीहरूको समय सकिएको त्यसको युगलाई समाप्त गर्ने पनि उद्घोष गरे । उनले शिक्षामाथिको लुटपाट गर्नेहरूलाइ अखिल(क्रान्तिकारी) ले लखेट्ने चेतावनी दिए । कार्यक्रमको प्रमुख अतिथी समेत रहेका अध्यक्ष गजुरेलले आजको शिक्षा प्रणालीले मान्छेको निर्यात गरेको भन्दै अब देशको उत्पादन निर्यात गर्ने शिक्षा प्रणाली आवश्यक रहेको र त्यो शिक्षा भनेको जनवादी शिक्षा प्रणालीले मात्रै भएको बताए । उनले नेपालमा जनवादी/वैज्ञानिक समाजवादी शिक्षा प्रणाली स्थापना गरेरै छाड्ने प्रतिबद्धता गरेका छन् ।
कार्यक्रममा विशेष अतिथीको रूपमा रहेका पार्टी पोलिटव्युरो सदस्य एवम् प्रदेश सेक्रेटरी किशोरले युवा विद्यार्थीहरूले शिक्षा कस्तो बनाउने र त्यसका लागि कसरी संघर्ष गर्ने बुझ्नका लागि लेनिनको सोभियतलाई गम्भिरता पुर्वक अध्ययन गर्न आवश्यक रहेको बताए । उनले अब युवा विद्यार्थीहरूले नेपाली क्रान्तिको नेतृत्व गर्नुपर्ने समय आएको बताए ।
विद्यार्थीको भेलालाई नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य राम नेपाली, र देजमो केन्द्रीय सदस्य एवम् ४ न प्रदेशका अध्यक्ष नेत्र रानाभाटले शुभकामना मन्तव्य दिएका थिए भने प्रमोदले स्वागत मन्तव्य राखेका थिए ।
कमिटिले उषाकिरणलाई संयोजक सदस्यहरूमा प्रमोद सुनार, एम सुमै , कर्म युग, निरुता ज्ञावाली, रजनी सुनार , अभिषेक सार्की , प्रीती अधिकारी, अमित बि.क , तिलक थापा , रमिला ढकाल , अर्जुन नेपाली सहित तीन जना पछि थप्ने गरि निर्णय गरेको छ ।