अखिल (क्रान्तिकारी) सिन्धुलीको २३ औं जिल्ला सम्मेलन सम्पन्न, दिपेश जर्गामगरको नेतृत्वमा २५ सदस्यीय जिल्ला कमिटि निर्वाचित

अखिल (क्रान्तिकारी) सिन्धुलीको २३ औं जिल्ला सम्मेलन सम्पन्न, दिपेश जर्गामगरको नेतृत्वमा २५ सदस्यीय जिल्ला कमिटि निर्वाचित

 

सिन्धुली । प्रतिपक्ष जुझारु बिद्यार्थी संगठन नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)को सिन्धुली जिल्ला सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ । नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य तथा सिन्धुली जिल्ला इन्चार्ज जीवनको प्रमुख आतिथ्यता र अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिव प्रभात भट्टराईको विशेष आतिथ्यतामा सम्पन्न २३ औं जिल्ला सम्मेलनको अध्यक्षता दिपेश जर्गा मगरले गर्नुभएको थियो ।

वसन्तले सन्चालन गरेको सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि जीवनले समसामयिक राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिका बारेमा चर्चा गर्नुभएको थियो ।

त्यसैगरी विशेष अतिथि संगठनका केन्द्रीय सचिव भट्टराईले आसन्न स्ववियु निर्वाचनमा सक्रिय भूमिका खेल्न संगठनलाई निर्देशन दिनुभयो । उहाँले संगठनले स्ववियु निर्वाचनमा पूर्णसमानुपातिक निर्वाचन प्रणालीको माग अगाडि सारेको पनि जानकारी गराउनु भयो ।

सम्मेलनमा जिल्ला सेक्रेटरी अनुजले संगठन युद्धकालीन जीवनका अनुभुति बाँड्नु भएको थियो । सम्मेलनले दिपेश जर्गामगरको नेतृत्वमा २५ सदस्यीय जिल्ला कमिटि निर्वाचित गरेको छ । निर्वाचित कमिटिलाई प्रमुख अतिथि जीवनले बधाई तथा शुभकामना दिनुभएको थियो ।