१८ माघ काठमाडौं,
अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (युएसएड) की प्रमुख सामन्था पावर नेपाल भ्रमणमा आउने भएकी छन् ।
अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोगले जारी गरेको विज्ञप्तिअनुसार पावर फेब्रुअरीको पहिलो हप्तामै काठमाडौं आउन लागेकी छन् । उनी यही माघ २२ गते आइतबार काठमाडौं आइपुग्ने अपेक्षा गरिएको छ ।
राजनीतिक मामिलासम्बन्धी उपविदेश मन्त्री भिक्टोरिया न्युल्यान्ड नेपाल भ्रमणबाट सकेर फर्केको एक साता नबित्दै उच्च अमेरिकी अधिकारी नेपाल आउन लागेकी हुन् ।
नेपालमा रहँदा पावरले राजनीतिक भेटघाटसँगै नागरिक समाजका अगुवा, विद्यार्थी, व्यापारी र सरकारी अधिकारीहरूसँग छलफल गर्नेछिन । उनका छलफल नेपालले प्रजातान्त्रिक, समावेशी र समृद्ध र सुदृढ मुलुक बन्न गरिरहेका प्रयत्नमा केन्द्रीत रहने युएसएडले उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर