चिकित्साशास्त्र अध्ययन संस्थानको डीनका विरुद्ध माइतीघरमा विद्यार्थीको सिटी जुलुस

चिकित्साशास्त्र अध्ययन संस्थानको डीनका विरुद्ध माइतीघरमा विद्यार्थीको सिटी जुलुस

 

काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानको डीन डा.दिव्या सिंहविरुद्ध विद्यार्थीले सिटी जुलुस निकालेका छन्। त्यहाँ अध्ययनरत विद्यार्थीले बुधबार काठमाडौंको माइतीघरमा सिटी सहित प्रदर्शन गरेका हुन् ।

उनीहरूले पीडित विद्यार्थीलाई न्याय दिन र यसअघि गरिएका सहमति लागू गर्न माग गरेका छन्।

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम), महाराजगञ्ज मेडिकल क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले भदौ ३० गते भएको सहमतिको अक्षरश:कार्यान्वयन गर्न माग गर्दै आन्दोलित भएका हुन्।