मधेश र मृत्यु !

मधेश र मृत्यु !

सप्तरीमा
कोरोनाकालमा
अनिकाल थपिएर
एउटा मुसहर म¥यो
मलर सदा ।
सप्तरीमै
ऋणकालमा
ताकेता खप्न नसकेर
एउटा डोम म¥यो
रामदेव मरिक ।
राज्यले सुन्यो सुनेन ?
पहाडले सुन्यो सुनेन ?
राज्यसँग पहाडीया कान छन्
पहाडीयासँग सत्ताधारी कान छन्
खै पहाडीया राज्यले देख्यो देखेन
खै सत्ताधारी पहाडले देख्यो देखेन
पहाडसँग राजकीय आँखा छन्
राज्यसँग पहाडीया आँखा छन्
दुवैले एउटै देख्छन् ।

मधेशमै मर्दा पनि
झा मरेको भए
या शर्मा मरेको भए
अलि ठूलो आवाज आउँथ्यो सायद
श्रद्धाञ्जलीसम्म दिन्थ्यो कि पहाडले
हिजो मुसहर म¥यो
आज डोम म¥यो
भोली चमार मर्ला
र पर्सी हलखोर मर्ला
तिनीहरू मर्दा
कुनै आवाज पुग्दैन पहाडसम्म
कुनै समाचार बन्दैन पहाडलाई
किनभने
मुसहर, चमार, डोम र हलखोरहरू
कहिल्यै असमायिक मर्दैनन्
तिनीहरू
बच्चैमा मरे पनि
बिहे गर्दा गर्दै
या सुङ्गुर चराउँदा चराउँदै मरे पनि
तिनीहरू
झाडा पखालाले मरे पनि
या जाडोले मरे पनि
तिनीहरूको मृत्यु
कहिल्यै दुःखद हुँदैन
ती कसैको पनि मृत्यु
कहिल्यै असामयिक हँुदैन ।
तिनीहरू
चरा मुसा जसरी जन्मन्छन्
तिनीहरू चरा मुसा जसरी नै मर्छन्
यो राज्यको क्यानभासमा
नागरिकको सूचीमा नपरेका तिनीहरू
गुमनाम जन्मन्छन्
र गुमनाम मर्छन् ।

जुन राज्यमा
जसको गणना
पसु पंक्षीको महलमा हुन्छ
ती नाथेहरू जन्मनु
के को खुसीको खबर हुन्छ
ती नाथेहरू मर्नु
के को समवेदनाको खबर हुन्छ ।
हिजो मलर सदा म¥यो
आज रामदेव मरिक म¥यो
पहाड चुपचाप छ
पहाड बेखबर छ
राज्य र पहाड
दुवै एउटै हालतमा छन् ।
२०७९ माघ १२ माइतीघर