रबी लामिछाने कुनै समय नेपाली नागरिक थिए । उनकाे नागरिकता नेपालकै थियाे त्याे पनि बंशजकाे। पछि उनी नेपाली पासपोर्ट बनाएर अमेरिका गए उतै बसे, विवाह गरे, कामधन्दा गरे र अन्तत: अमेरिकी नागरिकता नै लिए। जब उनले अमेरिकन नागरिकता लिए त्यसपछि कानुनतः उनकाे नेपालकाे नागरिकता समाप्त भएकाे थियाे र त्यसपछि उनी अमेरिकन नागरिककाे भुमिकामा रहदै आएका थिए। अमेरिकी नागरिकता लिएर उतैकाे नागरिकको रुपमा एउटा कार्यकाल अमेरिका वसेपछि अमेरिकन पासपोर्ट प्रयाेग गरेर वर्क पर्मिट भिजा सहित उनी नेपाल आए। अमेरिकामा रहदा पनि बैंकिङ कसुर मुद्दामा विवादास्पद छवि बनाएका रबी नेपालमा संचारकर्मिकाे रुपमा अमेरिकी भिजामा न्युज ट्वान्टी फाेर टेलिभिजनमा काम गर्न थाले। खासमा देशकाे नागरिकता( परिचय) समेत त्यागेर उतैकाे नागरिकता लिएर व्यवसाय सहित उतै वसेका लामिछाने संचारकर्मिकाे रुपमा जागिर खान नेपाल किन आए अमेरिकी नागरिकको रुपमा ? याे निकै गम्भीर विषयमा उतिबेला नै काफि बहस र छलफल भएकाे थियाे । खासगरीकन अमेरिकाले विभिन्न देशमा त्यहाँका आन्तरिक सुरक्षा संवन्धि गाेप्यसुचना चाेर्न संसारभरि अमेरिकन गुप्तचर विभाग सीआईए काे एजेन्टकाे रुपमा पठाउने गरेकाे वर्तमान संदर्भलाई हेर्दा कतै रबी लामिछानेलाई नेपालमा साेही उदेश्यकाे लागि अमेरिकाले नेपाल पठाएको त हाेइन ? भन्ने अनुत्तरित प्रश्न यत्र तत्त्र सर्वत्र नउठेकाे हाेइन। तर यी प्रश्नहरु रबीका एक पछि अर्काे हुँदै गएकाे प्रयाेजित देवत्वकरणकाे अगाडि फिका हुँदै गए । उनकाे समर्थनमा राजधानी देखि माेफसलका सडकहरु भरिन थाले। त्यसपछि रबीमा नेपालकाे शासक वन्ने महत्वकाँक्षा बढ्न थाल्यो । संविधान, कानुन, व्यवस्था, शासनप्रणाली यथावत राखेर वर्तमान दलाल व्यवस्था भित्रैवाट पुरानाे व्यवस्था कायमै राखेर नयाँ पार्टी र नयाँ पात्रकाे उडन्ते कुरा उछालेर दलाल सत्ताकाे परम उपेक्षामा परेर चेतनाकाे दृष्टिकोणले विद्रहकाे लागि तयार हुँदै गएका जनसमुदायकाे मनाेविज्ञानलाई याेजनाबद्व ढंगले पुरानै संसदीय राजनीतिमा डाेर्याउन सफल रबी लामिछाने पुराना दलहरुलाई गालि गरेरै सत्तामा आउने चेष्टा गर्न थाले ।
समयक्रममा उनकाे नगरिकताकाे विषय उठेपछि उनले भन्ने गरेका कथित देशभक्तिका कुरा नक्कली मात्रै रहेछन् भन्ने समाजमा जानसक्ने सन्देशलाई राेक्न हत्तपत्त अमेरिकी नागरिकता त्याग सम्वन्धि प्रक्रिया अगाडि बढाए। प्रक्रियागत रुपमा उनकाे अमेरिकी नागरिकता समाप्त त भयाे तर उनले नेपाली नागरिकताकाे कानुन बमोजिम पुनःप्राप्तिको लागि आवेदन गर्नुकाे सट्टा छलिकर्मद्वारा कायम रहेकाे उनकाे पुरानै नागरिकता प्रयाेगमा ल्याए र त्यहि वाट व्यवसाय दर्ता, पार्टी दर्ता हुँदै संसदमा टिकट प्रमाणित समेत गरि निर्वाचित भई नेपालकाे उप-प्रधानमन्त्री र गृहमन्त्री समेत हुन पुगे। संचारकर्मी, व्यवसायी, पार्टी अध्यक्ष, संसद र मन्त्री सम्म आइपुग्दा उनले हुदा नहुदा सबै खाले हर्कत गर्न भ्याए। हत्तपत्त सत्तामा जानु, नैतिकताकाे ख्याल नगरि स्वार्थ बाझिनेगरि गृहमन्त्री खानु , उपप्रधानमन्त्रीकाे भेडिगाेठभित्रकाे सदस्य बन्नु, अन्य पाएकाे दुई मन्त्रालयमा पनि विषय र स्वार्थ बाझिने मान्छे (नीजि स्कुल संचालन शिक्षामन्त्री र म्यानपावर व्यवसायीलाई श्रम तथा बैदेशिक राेजगार मन्त्री) मन्त्री बनाउनु जस्ता अनैतिक कार्यले उन्काे प्रयाेजित छवि तिब्र गतिमा धुमिल हुँदै गयाे । यस्ता विवादास्पद कार्यमा मुछिदै जाने क्रममा कानुनी, नैतिकता, पारदर्शिता, कार्यदक्षता आदिको दृष्टिकोणले उनीप्रतिकाे जनसमर्थनकाे जबर्जस्त ग्राफ क्रमशः निराशातर्फ अगाडि बढ्दै गयाे भने उनका आन्तरिक तथा अन्तर्निहित विवादास्पद तथा कानुनविपरितका अनैतिक कार्यका विरुद्धको दवाव थेग्न नसक्ने गरि विकास हुँदै गयाे। अन्ततः यहि दवावकाे प्रतिफल स्वरुप उनका सम्पूर्ण गैरसंवैधानिक र गैरकानुनी हर्कतहरुकाे विपक्षमा फैसला गर्न सर्बोच्च अदालत बाध्य हुदा उनकाे मन्त्री र संसद दुबै पद खारेज हुन पुग्याे।

माथिका समग्र विषयहरूमा धारणा राखिरहने बेलामा रबी लामिछानेको विषयमा केही अनुत्तरित प्रश्नहरु खडा भएका छन। पहिले कुरा अर्को देशकाे नागरिकता प्राप्त गर्ने वितिकै नेपालकाे नागरिकताको आधिकारिक बैधानिकता संवत्: खारेज हुन्छ भन्ने जान्दा जान्दै अमेरिकाकाे नागरिकता लिनु उनकाे देशभक्तिपूर्ण याेजनाविराेधी र नीजि स्वार्थकेन्द्रत हर्कत थियाे। राष्ट्रियताकाे दृष्टिकोणले त यस्प्रकारकाे कार्य देशघाति र राष्ट्र प्रतिकाे गद्द्दारी नै हुन्छ। दाेस्राे कुरा अमेरिकी नागरिकता लिएपछि उनले संचारकर्मीकाे रुपमा नेपाल आउदा समेत अमेरिकी नागरिकता वाेकेर नेपालकाे देशभक्तिकाे हास्यास्पद प्रहसन गरिरहे। खल्तीमा विदेशी नागरिकता बाेकेर नक्कली राष्ट्रवादकाे धुवाँधार सुगारटान गर्दै जाने सन्दर्भमा जब उनकाे अमेरिकी नागरिकताको प्रश्न उठ्याे त्यसवाट बच्न हतपत अमेरिकी दुतावासमा गएर अमेरिकी नागरिकता परित्याग गरेकाे आवेदन दिए तर नेपाली नागरिकताकाे पुनः प्राप्तिको आवेदन नदिई पुरानै नागरिकतावाट गैरकानुनी हिसावले विभिन्न व्यवसायीक कम्पनीहरु दर्ता गराए । पुरानै नागरिकताकाे आधारवाट नयाँ पार्टी खाेले, पार्टी अध्यक्ष बने, निर्वाचन आयाेगका पार्टी दर्ता गराए, संसद लड्न टिकट लिए, निर्वाचन आयाेग मार्फत टिकट प्रमाणिकरण गराइछाडे र अन्ततः संघीय संसदमा विजय हुँदै देशकै उपप्रधानमन्त्री सहितका पद तथा ओहदाका शक्तिशाली गृहमन्त्री सम्म गैरसंवैधानिक र गैरकानुनी ढंगले प्राप्त गरिछाडे । यी सबै असंवैधानिक र गैरकानुनी कार्यहरु रबी लामिछानेले अन्जानबस गरेका थिए त ? अवस्थ थिएनन । उनले ती सबै काम जानाजानमा नै गरेका थिए । कानुनले नै निषेध गरेकाे दाेहाेराे नागरिकता लिन र प्रयोग गर्ने जस्ता गैरकानुनी कार्य उनले जानाजान गरिरहे। अमेरिकी नागरिकता हातमा लिएर नेपाली पासपोर्ट प्रयाेग गर्न विभिन्न देशमा जानु कानुनकाे दृष्टिकोणले निकै ठूलाे गैरकानुनी अपराध मानिन्छ । परन्तु: रबी लामिछानेले यी सबै गैर कानुनी कर्म विनाप्रभाह गरिरहे । यसप्रकारकाे स्थितिमा सर्वाेच्च अदालतले रवी लामिछानेको बारेमा गरेकाे नागरिकता सम्वन्धि फैसलाले कुन स्तरकाे कारवाहीकाे माग गर्छ ? त्याे आउने दिनले तय गर्ने नै छ । यस सवालमा रबीले जस्तै अन्न नागरिकले पनि गैरसंवैधानिक र गैरकानुनी ढंगले नेपाली नागरिकताकाे दुरुपयोग गरे कार्वाही गर्ने कि नगर्ने अथवा कस्तो कारबाही गर्ने ? यस सम्वन्धि विषयकाे निरुपण पनि रबीमाथि हुने कार्वाहीले नै निर्धारण गर्नेछ। अन्यथा “सानालाई ऐन र ठूलालाई चैन” भन्ने उखान चरितार्थ हुनसक्ने सम्भावनावाट के वर्तमान संसदीय व्यवस्था वच्न सक्ला ?

प्रतिक्रिया

सम्बन्धित खवर