काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले एक प्रेस वक्तव्य जारी गर्दै जनयुद्धकालीन मुद्दामा सहिदकप् आमालाई गिरफ्तार गर्न खोजेको भन्दै घोर विरोध तथा तीव्र भत्र्सना गरेको छ ।
नेकपा (क्रान्तिकारी माओवादी)का प्रवक्ता प्रतीकले २०७९ माघ ६ मा जारी गरेको वक्तव्यमा ‘तत्कालील नेकपा (माओवादी)का अध्यक्ष तथा जनमुक्ति सेनाका सुप्रिम कमाण्डर प्रचण्डको नेतृत्वमा सञ्चालित जनयुद्धका क्रममा ०५९ साल मंसिर १९ गते हालको दोलखा कालिञ्चोक गाउँपालिका—४ बञ्चरेमा तत्कालीन प्रतिक्रियावादी सत्ताले हत्या गरी सहिद हुनुभएका क. केशरराज रिमालका विरुद्ध ०६३ साल जेठ २८ गते अदालतमा दर्ता गरिएको विस्फोटक पदार्थ तथा हातहतियार सम्बन्धी मुद्दामा गिरफ्तार गर्न वर्तमान प्रचण्ड सरकारको प्रहरी प्रशासन गत पुष २५ गते केशरराजकी आमाको घरमा पुगेको’ उल्लेख गरिएको छ ।
वक्तव्यमा यो घटना संशोधनवादी कम्युनिस्टहरु प्रतिक्रियावादी सत्तामा पुगेपछि कतिसम्म लापरवाह, उन्मादी र गैरजिम्मेवार हुन्छन् भन्ने कुराको स्पष्ट अभिव्यक्ति भएको भन्दै यसको घोर विरोध तथा तीव्र भत्र्सना गरिएको छ । र, महान् जनयुद्ध लगायत नेपाली जनक्रान्तिमा जीवन बलिदान गर्ने सम्पूर्ण योद्धाहरुलाई राष्ट्रिय सहिद घोषणा गरी सम्मान व्यक्त गर्न, बेपत्ता योद्धाको स्थिति सार्वजनिक गर्न र सहिद परिवार तथा घाइते–अपाङ्गहरुको जीवनयापनको सुनिश्चितता गर्न उनै प्रचण्डले नेतृत्व गरेको वर्तमान गठबन्धन सरकारसँग जोडदार माग गरिएको छ ।