वर्ल्डलिङ्कलाई कर्पोरेट एक्सिलेन्सी आईएसपी अवार्ड 

वर्ल्डलिङ्कलाई कर्पोरेट एक्सिलेन्सी आईएसपी अवार्ड 

 

काठमाडौं । यस वर्षको कर्पोरेट एक्सिलेन्सी २०२२ आईएसपी अवार्ड वर्ल्डलिङ्कले हात पारेको छ । कर्पोरेट क्लब नेपालले देशकै ठुलो इन्टरनेट सेवाप्रदायकलाई ‘द एचआरएम नेपाल अवार्ड्स फर कर्पोरेट एक्सिलेन्सी’ प्रदान गरेको हो । 

निजी क्षेत्रमा उत्कृष्ट कार्य गर्दै मुलकको समग्र आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय योगदान दिने संस्था तथा व्यक्तिहरूको सम्मानमा यो अवार्ड प्रदान दिने गरिएको छ । यसबाट समाजमा सबैको मनोवल बलियो पार्नुको साथै राम्रो काम गर्न प्रेरित र प्रोत्साहन समेत गर्ने आयोजकको अपेक्षा छ ।  

प्राध्यापक डा. फत्तबहादुर केसी अवार्डका लागि निर्णायक मण्डलको संयोजकको रूपमा रहेका थिए । जसमा वुमन फर ह्युमन राइट्सका संस्थापक अध्यक्ष लिली थापापत्रकार बबिता बस्नेतभुवन दाहालसफल पार्टनरका सीईओ ओषुतोश तिवारीपत्रकार पुष्पराज आचार्य र आइडिया स्टुडियोका कार्यकारी अध्यक्ष डा. छिरिङ लामा सदस्यको रुपमा रहेका थिए ।

अवार्डका लागि व्यक्तिगत तथा संस्थागत डिजिटलाइजेसनमा वर्ल्डलिङ्कले देखाएको प्रतिवद्धताग्राहक सङ्ख्याप्रयोग गरिएको प्रविधिमर्मत सम्भारअनलाइन भुक्तानीको विकल्पशाखाहरूको सङ्ख्यासेवाको पहुँच क्षेत्र आदिलाई आधार बनाइएको  थियो । यसका साथै कर्मचारीको क्षमता अभिवृद्धिका लागि सञ्चालित तालिमस्थानीय प्रतिभाको कदरव्यवसायिक सामाजिक उत्तरदायित्व जस्ता विषय समेत अवार्डका लागि मूल्याङ्कन गरिएको थियो । देशभर वर्ल्डलिङ्कका सात लाखभन्दा धेरै ग्राहक रहेका छन् । जसमध्ये ९३ प्रतिशत घरायसीदुई प्रतिशत साना व्यवसाय र एक प्रतिशत इन्टरप्राइज रहेका छन् । वर्ल्डलिङ्कले हाल पाँच हजार भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ ।