पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा बिहीबार राति बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर प्रस्थान गरेको ग १ ख ४९७७ नम्बरको बस राति साढे ९ बजे रैनादेवी छहरा ८ खुर्सानेमा दुर्घटना भएको हो।

प्रहरीका अनुसार दुर्घटनामा ३३ वर्षीया निर्मला घिमिरे, उनकी छोरी ११ वर्षीया सुरुमा घिमिरे, ५४ वर्षीया खेमकुमारी राना, १९ वर्षीया विमा पाण्डेय, ४५ वर्षीया गुनाकुमारी गाहा र २१ वर्षीया दानकुमारी खत्रीको मृत्यु भएको हो। मृतक सबै रैनादेवी छहरा–८ कै हुन्।

हार्दिक शुभकामना !

दुर्घटनामा १८ जना घाइते भएको पाल्पाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्र थापाले जानकारी दिए। घाइतेहरुलाई उपचारका लागि बुटवल पठाइएको छ। दुर्घटनामा परेको उक्त बस सडकबाट ५० मिटर तल अप्ठ्यारो भीरमा खसेको थियो । दुर्घटनाका घाईते १८ जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर