झगडा महात्म्य

झगडा महात्म्य

‘तँ प्रतिगामी !’
‘तँ परमादेशगामी !’
‘तँ टुक्के !’
‘तँ हुक्के !’
‘तँ चेपारे ।’
‘तँ छेपारे ।’
‘तँ एकलकाटे !’
‘तँ रागेपाटे !’
‘तँ भाइमारा ।’
‘तँ खाइमारा !’
‘तँ बार्दली ।’
‘तँ बरण्डा !’
‘तँ तोरीको बा !’
‘तँ चोरीको बा !’
‘तँ तरबार बेचुवा !’
‘तँ घीउ बेचुवा !’
‘तँ सुँगुरको खोर !’
‘तँ कुखुरा चोर !’

‘बढी नबोल्–
म तँलाई हात हाल्छु !’
‘चुप लाग्–
म तँलाई अँगालो हाल्छु !’
‘सरी !’
‘मेरो दुइटा सरी !’
‘झगडा त क्या गरियो नि !’
‘कम्निष्ट परियो नि !’
‘आलो पालो – जिन्दावाद !’
‘खान थालो – जिन्दावाद !’
‘देख्ने, सुन्ने – सेन्टी फ्ल्याट !’

डिभोर्स– एकता जिन्दावाद !
हाम्रो सिद्धान्त–कुर्सी र दाँत !!