काठमाडौं। महाकाली नदीमा नेपालतर्फ नदीकाे धार परिवर्तन गर्न बनाइएकाे एकतर्फी तटबन्ध निर्माणकाे विराेधमा नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेकाे छ । महाकाली नदीमा भएकाे अतिक्रमण र ज्यादतीका विरुद्ध स्थानीय जनता समेत प्रतिराेधमा उत्रिएकाे अवस्थामा सरकार र संसदवादी दलहरुकाे माैनताकाे समेत अखिल क्रान्तिकारीले जाेडदार विराेध गरेकाे छ । अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलले अब नेपाली जनता राष्ट्रियताका बिषयमा चुप लागेर नबस्ने भन्दै देशकाे स्वाधीनताकाे रक्षा गर्न सडकमा उत्रिनुपर्ने बेला आएकाे बताउनु भयाे ।
साे कार्यक्रममा अखिल (क्रान्तिकारी )कि उपाध्यक्ष शिलु न्याैपानेले संख्यात्मक हिसाबमा अहिले कम देखिएपनि राष्ट्रियताका विषयमा क्रान्तिकारीहरु बलियाे भएकाे दावी गर्नुभयाे । विराेध कार्यक्रमकाे संञ्चालन संगठनका महासचिव पेशल दाहालले गर्नुभएकाे थपयाे । संगठनका केन्द्रीय नेताहरु लगायत कार्यक्रममा विद्यार्थीहरूकाे बाक्लो उपस्थिति रहेकाे थियोे।