काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले मेयर बालेनको डोजर आतंकका विरुद्ध भइरहेको प्रतिरोध आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाको नेतृत्वमा भइरहेको आन्दोलनप्रति नेकपा (क्रान्तिकारी माओवादी)का प्रदेश ३ का सेक्रेटरी प्रवेशले एक वक्तव्य जारी गरी ऐक्यबद्धता जनाउनु भएको हो ।
वक्तव्यमा थापाथली स्थित सुकुम्बासी बस्ती हटाउन राज्यले गरेको अमानवीय दमन र हस्तक्षेपको क्रान्तिकारी माओवादीले घोर विरोध एवम् भत्र्सना गरेको छ ।
वक्तव्यमा भदौ ९ गते राष्ट्रिय भूमि आयोग र काठमाडौं महानगरपालिका बीच भएको कार्यसहमति अनुसार सुकुम्बासीहरुको दीर्घकालीन व्यवस्थापन गर्न पनि वक्तव्यमा अनुरोध गरिएको छ ।
वक्तव्यमा जबरजस्ती सुकुम्बासीहरुलाई बर्षौदेखि बस्दै आएको थातथलोबाट विस्थापित गर्ने कार्य तत्काल रोकी सर्वपक्षीय सहमतिबाट समस्या समाधान गर्न पनि अनुरोध गरिएको छ ।