काठमाडौं । लगातार १४ महिना मुलुकमा भुक्तानी असन्तुलन (मुलुक भित्रिनेभन्दा बाहिरिने रकम धेरै रहेको) देखिएकोमा १५औं महिनामा यसमा सुधार भएको छ।

मुलुकको भुक्तानी सन्तुलन १२ अर्ब ४३ करोड रूपैयाँले सुधार भएको छ। आयात घट्नु, रेमिटेन्सको मासिक प्रवाहमा ह्रास नदेखिनु र सरकारको वैदेशिक ऋण र अनुदान बढेकोले सुधार देखिएको हो।

हार्दिक शुभकामना !

ुकेही सुधार भएपनि अवस्था सामान्य भइसकेको भने छैन, ‘राष्ट्र बैंकका कार्यकारी निर्देशक डा। प्रकाश श्रेष्ठले भने, ुभुक्तानी सन्तुलनको यही प्रवृत्तिले दिगोपना पाउनेमा संशय भने अझै छ।’

रेमिटेन्समा गत आर्थिक वर्षको यही अवधिको तुलनामा १६.८ प्रतिशतले वृद्धि भएको छ।

गत आर्थिक वर्षको तीन महिनामा दुई खर्ब ४० अर्ब रेमिटेन्स आएकोमा यसपटक दुई खर्ब ८१ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको हो।

साउनमा ९२ अर्ब २० करोड, भदौमा ९४ अर्ब ८३ करोड र असोजमा ९४ अर्ब एक करोड रूपैयाँ रेमिटेन्स भित्रिएको छ। केही महिनादेखि रेमिटेन्स भित्रिने दर ९० अर्ब माथि छ।

सरकारको वैदेशिक ऋणमा वृद्धि भएसँगै मुलुक भित्रिएको रकममा समेत सुधार भएको हो। यसअवधिमा वैदेशिक ऋण एक सय १५ प्रतिशतले बढेको छ।

गत वर्षको असोजमा १० अर्ब ७९ करोड रूपैयाँ वैदेशिक ऋण रहेकोमा यस वर्षको यही अवधिमा २३ अर्ब २६ करोड रूपैयाँ पुगेको छ।

पर्यटकको आगमनमा समेत वृद्धि हुन थालेसँगै यस बापत हुने आम्दानीमा समेत एक सय १० प्रतिशतले वृद्धि भएको छ। यो अवधिमा पर्यटकहरूबाट ११ अर्ब ४० करोड रूपैयाँ आम्दानी भएको छ।

आयातमा गरिएको कडाइसँगै विदेशी मुद्रा सञ्चितिमा पनि सुधार देखिन थालेको छ। गत वर्षको असोजमा गत असारमा १२ खर्ब १५ अर्ब रहेको विदेशी मुद्राको सञ्चिति यस असोजमा १२ खर्ब ४६ अर्ब पुगेको छ।

अझै पनि यो सञ्चिति अघिल्लो वर्षको यही अवधिको तुलनामा भने कम हो। अघिल्लो वर्ष असोजमा यस्तो सञ्चिति १३ खर्ब १९ अर्ब रूपैयाँ थियो।

भदौमा यस्तो सञ्चितिले सात महिना २१ दिनको वस्तु तथा सेवा आयात धान्न पुग्ने अवस्था रहेकोमा असोजमा भने यस्तो सञ्चितिले आठ महिना नौ दिनलाई धान्ने देखिन्छ।

यो अवधिमा आयात १६.२ प्रतिशतले घटेर चार खर्ब रूपैयाँ पुगेको छ। गत वर्षको यही अवधिमा चार खर्ब ७८ अर्ब रूपैयाँको आयात भएको थियो।

यो अवधिमा निर्यात समेत ३५.७ प्रतिशतले घटेर ४१ अर्बमा सीमित भएको छ। यसअघि यस्तो निर्यात ६५ अर्ब थियो।

प्रतिक्रिया

सम्बन्धित खवर