– रूसमा 1917 मा समाजवादको स्थापना भएपनि समाजवादी प्रकियाले भने पुरा हुन नपाएको स्थिति हो । तथापि समाजवादको शुरूवाती चरणमा पनि स्त्रीहरूले सबैभन्दा बढी इतिहासमै अधिकार र सम्मान् पाएको भने लेनिनको नेतृत्वमा समाजवादी व्यवस्थामै हो ।

– समाजवादी क्रान्ति/आन्दोलन र प्रक्रियाको दौरान रूसी महिलाहरू र महिला नेतृहरूको सम्मानजनक आवस्था त्यसैको एउटा उदाहरण हो । अलेक्जेन्ड्रा कोलोन्ताइ त्यसैको एक प्रतिनिधि उदाहरण हुन् । उनी बोल्सेभिक पार्टीभित्र “highlyProminent” महिलाहरू मध्ये एक थिइन् भने “The first woman in the history to become an official member of a governing cabinet.” थिइन् । तसर्थ पूँजीवादले नारी स्वतन्त्रता, समानता र मुक्तिको जत्तिसुकै गफ हाँके पनि इतिहासमा पहिलो चोटी महिलालाई राजनैतिक प्राधिकार सम्पन्न ससम्मान आर्थिक-सांसकृतिक-सामाजिक हैसियत र मान्यता दिलाउने कम्युनिष्टहरू नै थिए र हुन् ।

हार्दिक शुभकामना !

-लेनिनको नेतृत्वमा बेल्सेभिक पार्टी र समाजवादी रूस नै स्त्री अधिकारको सवालमा संसारभरी एउटा उदाहरण र मानक थियो । असलमा स्त्रीअधिकार, राज्यलाई लिएर पञ्चबर्षीय बिकासको अवधारणा, मानव अधिकार लगायत नागरिक अधिकार-गाँस, बास, कपासको व्यवस्था निशुल्क स्वस्थ्य एवम् शिक्षाको प्रत्याभुति, रोजगारको ग्यारेण्टी, स्त्रीहरूको रोजगार र आत्मनिर्भरको पक्षमा बच्चाहरूको सामुहिक रेखदेखको व्यावस्था र बृद्धहरूलाई पेन्सनको व्यवस्था लगायतको अवधारणा र योजनाहरूलाई नै पछि सिको गर्दै पुँजीवादी बुर्जुवा राज्यहरूले पनि welfare state को अवधारणा अन्तर्गत कल्याणकारी योजनाको रूपमा ती कतिपय योजनाहरूलाई लागु गरे र अझसम्म कतिपय मुलुकहरूमा झिनामसिना रूपहरूमा भए पनि लागु गरिरहेका देखिन्छन् । अहिले बिश्वका सुखी र खुशहाल भनिने फिनल्याण्ड जस्ता मुलुकहरूमा नागरिकके प्रतिव्यक्ति आयमा बढी बृद्धि दर भनिने देश/मुलुकहरूमा यस्तै कल्याणकारी योजनाहरू नै बढी लागु भएको देखिन्छ ।

– यसरी कम्युनिष्टहरूको जति नै विरोध गरे पनि कम्युनिष्टहरूको नीति, योजना र कार्यक्रमहरूलाई भने बर्जुुवाहरूले पनि आफ्नो राज्य अन्तर्गत लागु गरेकै देखिन्छ । यद्यपि बुर्जुवा राज्य र व्यावस्थाले कम्युनिष्टहरूको विरोध गर्ने र अझ कम्युनिष्टहरू बारेको बनावटी अन्तर्विरोधहरूलाई व्यापक र धुवाधार प्रचारप्रसार भने आजपर्यन्त पनि गरीरहेकै देखिन्छ ।

– लेनिनसित कम्युनिष्ट नेतृ रोजाको र कोलोन्ताइको मत बाझिएको भन्ने कुरालाई पनि त्यसरी नै लिन सकिन्छ । जहाँसम्म लेनिनसित कोलोन्टाइको मत बाझिएको कुरा हो त्यो यौनप्रेमको सवालमा free sex को पूँजीवादी मान्यतालाई लिएर भएको हो । स्त्री स्वतन्त्रताको पक्षमा Free sex, उन्मुक्त, अराजक वा निरपेक्ष यौन स्वतन्त्रताको माग गर्ने पुँजीवादी मान्यतालाई कम्युनिष्ट बिचारले मान्यता दिन सक्तैन भन्ने बिचार लेनिनको बुझिन्छ । Free sex को यौन अराजकतावादी पुँजीवादी मान्यताको विरोध गर्दै महिला यौन स्वतन्त्रताका नाममा पुँजीवादी यौन अराजकता र विकृतिको वकालत गर्ने नारीवादी पुँजीवादी मान्यताप्रति सचेत हुनुपर्ने आग्रह लेनिनले गर्छन् ।

– यौनप्रेमको सवालमा कम्युनिष्ट नेतृत्वको दृष्टिकोण कस्तो हुनुपर्दछ भन्ने बिषयमा क्लारा जेटकिनसितको लेनिनको कुराकानी ऐतिहासिक रूपले नै निकै चर्चित रहेको छ । यौनप्रेम वा यौनको कुरालाई “तिर्खा लाग्दा पानी पिउने” वा “पानी पिएर प्यास मेटाउने” जस्तो हल्का कुरासित यौनको कुरोलाई दाँज्न नहुने र दाँज्न नमिल्ने कुरा स्पष्ट रूपले लेनिनले राख्छन् । होइन ठिक छ यदि त्यसलाई त्यसरी नै मान्ने हो भने पनि “जत्तिसुकै तिर्खा लागे पनि तर नाला, ढल, गट्टरको फोहोर पानी भने पिउन नहुने वा त्यसरी पिउन नमिल्ने” कुरा लेनिनले गर्छन् ।

– यसरी स्पष्ट रूपले लेनिन, यौनप्रेम वा यौनको कुरालाई युवाहरुले हल्का, क्षणिक, एकक्षणको प्यास मेटाउने र प्यास लाग्यो भन्दैमा फेरि मैला र फोहोर पानी पिउने जस्तो अस्वस्थ कुरा नभएर सांस्कृतिक चेतना, मानवीय सौन्दर्यबोध र चेतना, अझ बढी वर्गीयबोध र वर्गीय चेतनासित ‘स्त्रीपुरूषको प्रेम वा यौनप्रेम” सम्बन्धित भएको कुरा लेनिन बताउछन् । त्यसो र यौन, यौनप्रेमको बारेमा स्पष्टरूपले अराजकतावादी पुँजीवादी वा पुँजीवादी नारीवादी बुर्जुवा मान्यतासित कम्युनिस्ट बिचारले मेल नखाने कुरा लेनिन गर्छन् ।

-सो यौन अनि यौनप्रेम बारेमा कोलोन्ताइ लगायत कतिपय युवा नेतृत्वहरूको बुझाइमा रहेको पूँजीवादी वा पूँजीवादी नारीवादी बुर्जुवा विचारको प्रभावको अस्पष्टतालाई लिएर लेनिनले स्पष्ट तर हार्दिकरूपमा आलोचना गरेको पाइन्छ । जसलाई नै कोलोन्ताइ र लेनिनको बीचमा ठूलो विवाद रहेको र बाेल्सेभिक पार्टीसितै कोलोन्ताइको ठूलो अन्तरविरोध रहेको भन्ने भ्रामक तथ्यहरूलाई बुर्जुवाहरूले कम्युनिष्ट विरोधी अभियानमा अझै पनि नियतवश नै प्रचारप्रसार गर्ने गरेको पाइन्छ । जब कि सोभियत समाजवादी जनगणतन्त्रमा लेनिनसित कोलोन्ताइ स्त्रीमुक्ति, स्वतन्त्रता र अधिकारको पक्षमा निकै सम्वेदनशील ढङ्गले कम्युनिष्ट नीति योजना र कार्यक्रमलाई नँया अवधारणा सहित अघि बढाउने र त्यसको व्यावहारिक र कार्यान्वयनको पक्षलाई अझ ढृढ र सबल रूपले लागु गर्नेमा आदर्श र महत्वपूर्ण देखिन्छन् ।

(सरस्वती माेहराकाे फेसबुकवालबाट लिइएकाे)

प्रतिक्रिया

सम्बन्धित खवर