काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले आउँदो मंसिर ४ मा हुन गइरहेको संघीय तथा प्रादेशिक संसदीय निवाचनको बहिस्कार गर्ने क्रममा सरकारले देशका विभिन्न भागमा भइरहेका सामान्य प्रचार प्रसार, कोणसभा, जुलुस प्रदर्शन लगायतका शान्तिपूर्ण कार्यक्रममा प्रशासनिक हस्तक्षेप, दमन धरपकड र प्रचार सामग्री कब्जा गर्ने जस्ता कार्यलाई फासिवादी कदम भन्दै कडा विरोध जनाएको छ ।

पार्टीका प्रवक्ता प्रतीकले बुधबार जारी गरेको वक्तव्यमा भनिएको छ, “निर्वाचनमा भाग लिनु वा बहिस्कार गर्नु जनताको नैसर्गिक अधिकार हो । त्यसलाई कुण्ठित गर्ने, बन्देश लगाउने जस्ता कार्य हालको संविधान प्रदत्त अधिकार विपरीत छ । सरकारको यस्तो कदमले नोकरशाहीपन र फासिवादी व्यवहारलाई चरितार्थ गरेको छ । हिजो कार्तिक २९, २०७९ मा महोत्तरीको बलवा गाउँपालिकामा प्रहरी प्रशासनले बहिस्कारको शान्तिपूर्ण प्रचारमा लगेका हाम्रो पार्टीका केन्द्रीय सदस्य महेश यादव, जिल्ला सचिव उपेन्द्र यादव, पार्टीका अन्य कार्यकर्ताहरु रामप्रित यादव, श्याम यादव, अनिल ठाकुर, तेतर यादव, विनय मण्डल, र लक्ष्मण यादवलाई गिरफ्तार गरी प्रहरी हिरासतमा राखेको छ ।

हार्दिक शुभकामना !

सरकारको यस प्रकारको दमनात्मक नीति एवम् हस्तक्षेपकारी गतिविधिको हाम्रो पार्टी घोर विरोध गर्र्दै यस प्रकारका कार्य तत्काल रोक्न र जनताको शान्तिपूर्ण प्रचार प्रसार, भेला, विरोध प्रदर्शन गर्न पाउने अधिकारको सम्मान गर्न आग्रह गर्दछ । साथै, गिरफ्तार गरिएका सम्पूर्ण साथीहरुलाई विनासर्त तत्काल रिहाई गर्न र कब्जा गरिएका प्रचारमा प्रयोग गरिएका सम्पूर्ण सामग्री फिर्ता गर्न पनि माग गर्दछ । अन्यथा यसबाट उत्पन्न हुने स्थितिको जवाफदेही स्वयम् सरकार हुने पनि यसै वक्तव्यमार्फत् स्पष्ट पार्दछ ।”

 

प्रतिक्रिया

सम्बन्धित खवर