३० कार्तिक रुपन्देही ।
रुपन्देहीका विभिन्न चोकहरुमा निर्वाचन बहिष्कारका कोणसभाहरुले निरन्तरता लिएका छन् । भैरहवाका बुद्ध चोक, देवकोटा चोक, मिलन चोक र आँखा अस्पत्ताल चोक गरी चार ठाउँमा निर्वाचन बहिष्कारका कोणसभाहरु सम्पन्न गरिएका छन ।
ती सबै कोणसभाहरुमा नेकपा (क्रान्तिकारी माओवादी, नेकपा(मशाल)का नेता र कार्यकर्ताहरुको उपस्थिति थियो ।
नेकपा(मशाल)का महासचिव सन्तबहादुर नेपाली, दिपक पौडेल र बाबुराम आचार्य थिए भने नेकपा (क्रान्तिकारी माओवादीबाट दिलबहादुर चुदारा र के.जी. कुमार थिए । यी सबै ठाउँहरुमा मंसीर ४ गतेको निर्वाचन बहिष्कार गर्न आम जनतालाई आव्हान गरिएको छ ।
कार्यक्रमको दौरानमा बेथरी चोकमा गीत नबजाउन पाइदैन भन्दै गाडी र ड्राइभरलाई केही समय कब्जामा लिएको थियो ।