शान्तिपूर्ण कार्यक्रममाथिको फासिवादी दमन नरोके सशक्त प्रतिरोध गर्ने क्रान्तिकारी माओवादीको चेतावनी

शान्तिपूर्ण कार्यक्रममाथिको फासिवादी दमन नरोके सशक्त प्रतिरोध गर्ने क्रान्तिकारी माओवादीको चेतावनी

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) काठमाडौं जिल्लाले एक वक्तव्य जारी निर्वाचन बहिस्कारको शान्तिपूर्ण कार्यक्रममाथिको फासिवादी दमन नरोके सशक्त प्रतिरोधमा उत्रने चेतावनी दिएको छ । पार्टीका काठमाडौं जिल्ला सेक्रेटरी प्रकाशले जारी गरेको वक्तव्यमा यस्तो चेतावनी दिएको छ ।

प्रतिक्रियावादी सरकारद्वारा मञ्चन गरिएको प्रादेशिक तथा संघीय निर्वाचन बहिस्कारको घोषित पार्टी कार्यनीति प्रभावकारी बन्दै गइरहेको र जनसमुदायमा सकारात्मक प्रभाव बढेको देखेर अत्तालिएका संसदवादी पार्टीहरुको उक्साहटमा शान्तिपूर्ण रुपमा गरिएका कार्यक्रममाथि प्रहरीको फासिवादी दमन र धरपकडले हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गर्दै कार्तिक १६ गते बुधबार चावहिल चोकमा भएको चुनाव बहिस्कार कोणसभामा प्रहरीले गरेको फासिवादी दमन र धरपकडको कडा शब्दमा निन्दा र भत्र्सना गरिएको छ ।

वक्तव्यमा भनिएको छ, “कार्यक्रम स्थलबाट चुनाव बहिस्कारको घोषित कार्यनीतिको बारेमा जनतालाई सुसूचित गर्दै बहिस्कार आन्दोलनमा सहयोग, समर्थन र सहभागिताका निम्ति कोणसभालाई सम्बोधन गरिरहेको अवस्थामा फासिवादी तरिकाले पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज शारदा महत, सम्पर्क मञ्चका केन्द्रीय अध्यक्ष ढोगप्रसाद अधिकारी, किसान मोर्चाका प्रदेश अध्यक्ष शेखर आचार्य, महिला नेतृहरु सपना राजथला, कमला चन्द र अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संगठनका काठमाडौं जिल्ला अध्यक्ष मिनकुमार रानालाई अमानवीय तरिकाले गिरफ्तार गरेको छ । हाम्रो पार्टी गिरफ्तार गरिएका नेता कार्यकर्तालाई ससम्मान तत्काल रिहा गर्न जोडदार माग गर्दछ । खोसिएका साउन्ड सिस्टमसहित प्रचार सामग्री समेत फिर्ता गर्न माग गर्दछ । र, निर्वाचनको बहिस्कार गर्न पाउने जनताको लोकतान्त्रिक नैसर्गिक अधिकारलाई सम्मान गर्न फेरि पनि अनुरोध गर्दछ । अन्यथा राज्यको यस प्रकारको फासिवादी र अलोकतान्त्रिक दमनका विरुद्ध सशक्त प्रतिरोध गर्न बाध्य हुने चेतावनी पनि यसै विज्ञप्तिमार्फत् सार्वजनिक गर्न चाहन्छ ।”