सातवटा कम्युनिस्ट पार्टीहरु निर्वाचन बहिस्कार आन्दाेलनमा

सातवटा कम्युनिस्ट पार्टीहरु निर्वाचन बहिस्कार आन्दाेलनमा

काठमाडौँ । नेकपा (विप्लव), नेकपा (ऋषि कट्टेल) र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालले पनि निर्वाचन बहिस्कार गर्ने निर्णय गरेपछि निर्वाचन बहिस्कार गर्ने कम्युनिस्ट पार्टीहरुकाे संख्या सात पुगेकाे छ । यसअघि नै नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत), नेकपा (मसाल) (विद्राेही), माओवादी कम्युनिस्ट पार्टी नेपालले निर्वाचन बहिस्कारकाे निर्णय गर्दै देशव्यापी रुपमा बहिस्कार आन्दाेलन गर्दै आएका छन् । उनीहरुले सातवटै प्रदेशमा निर्वाचन बहिस्कारसभा गर्दै आएका छन् । कर्णाली प्रदेशकाे सुर्खेतमा आज र सुदुरपश्चिम प्रदेशकाे कैलालीमा भाेलि बहिस्कारसभा हुँदैछ ।
उता नेपाल कम्युनिस्ट पार्टीका महासचिव बिप्लव , नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल र नेपाल कम्युनिस्ट पार्टी बैज्ञानिक समाजवादीका महासचिव आहुतीद्वारा बुधबार जारी बिज्ञप्तीमा भनिएको छ – ‘आज हामी तीन कम्युनिस्ट पार्टीहरुको बैठक नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा बस्यो । बैठकले दलाल पूँजीवादी संसदीय सरकारले आफ्नो व्यवस्था टिकाइराख्न मंसिर ४ गते गर्न लागेको संघ र प्रदेशको निर्वाचन बहिस्कार /खारेजी गर्ने निर्णय गस्यो । बहिस्कार /खारेजी सम्बन्धी कार्यक्रम र अपील कार्तिक १९ गते पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने छ ।’