शान्तिपूर्ण कार्यक्रममाथिको फासिवादी दमनको घोर निन्दा र भत्र्सना गर्दै गिरफ्तार नेता कार्यकर्ताहरुलाई तत्काल रिहाइ गर्न माग

शान्तिपूर्ण कार्यक्रममाथिको फासिवादी दमनको घोर निन्दा र भत्र्सना गर्दै गिरफ्तार नेता कार्यकर्ताहरुलाई तत्काल रिहाइ गर्न माग

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले काठमाडौंको चावहिलमा गरेको निर्वाचन बहिस्कारसभामाथि हस्तक्षेप गरी नेता कार्यकर्तालाई गिरफ्तार गरेको घटनालाई पाmसिवादी दमनको संज्ञा दिंदै गिरफ्तार नेता कार्यकर्ताहरुलाई तत्काल रिहाइ गर्न जोडदार माग गरेको छ । नेकपा (क्रान्तिकारी माओवादी)का प्रदेश सेक्रेटरी प्रवेशले एक प्रेस वक्तव्य जारी गरी यस्तो माग गर्नुभएको हो ।

चुनाव बहिस्कारको घोषित कार्यनीतिको बारेमा जनतालाई सुसूचित गर्दै बहिस्कार आन्दोलनमा सहयोग, समर्थन र सहभागिताका निम्ति बुधबार चावहिल चोकमा आयोजित निर्वाचन बहिस्कार कोणसभालाई सम्बोधन गरिरहेको बेला हस्तक्षेप गरी प्रहरीले पार्टी केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज शारदा महत, सम्पर्क मञ्चका केन्द्रीय अध्यक्ष ढोकप्रसाद अधिकारी, किसान मोर्चाका प्रदेश अध्यक्ष शेखर आचार्य, महिला नेतृहरु सपना राजथला, कमला चन्द र अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संगठनका काठमाडौं जिल्ला अध्यक्ष मिनकुमार रानालाई अमानवीय तरिकाले गिरफ्तार गरेको वक्तव्यमा उल्लेख गरिएको छ ।

शान्तिपूर्ण सभा÷जुलुस गर्न र जनतालाई सुसूचित गर्न पाउने राजनैतिक तथा लोकतान्त्रिक अधिकारलाई सम्मान गरी गिरफ्तारीमा परेका सम्पूर्ण नेता कार्यकर्तालाई रिहाईको माग गर्दै वक्तव्यमा अन्यथा सशक्त प्रतिरोध संघर्षमा उत्रने चेतावनी दिइएको छ ।