हस्तबहादुर केसीद्वारा लिखित ‘जनविद्रोह र सिध्दान्त’ नामक पुस्तक प्रकाशित

हस्तबहादुर केसीद्वारा लिखित ‘जनविद्रोह र सिध्दान्त’ नामक पुस्तक प्रकाशित

 

काठमाडौं । वरिष्ठ माक्र्सवादी लेखक तथा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष कमरेड हस्तबहादुर केसीद्वरा लिखित ‘जनविद्रोह र सिध्दान्त’ नामक पुस्तक प्रकाशित भएको छ ।

पुस्तक भुँडीपुराण प्रकाशन प्रा.लि.ले प्रकाशित गरेको हो । ६९२ पृष्ठ रहेको केसीद्वारा लिखित उक्त पुस्तक पाँच खण्डमा विभाजन गरिएको छ– खण्ड एकमा ‘दर्शन , खण्ड दुईमा – राजनीतिक अर्थशास्त्र , खण्ड तीनमा –वैज्ञानिक समाजवाद , खण्ड चारमा – कम्युनिस्ट आन्दोलन (अन्तर्राष्ट्रि कम्युनिस्ट आन्दोलन, नेपाली कम्युनिस्ट आन्दोलन) र खण्ड पाँचमा – राष्ट्रिय स्वाधीनता समेतका विषयहरु समावेश गरिएको छ ।
लेखक केसीले माक्र्सवादका तीन संघटक अंग दर्शन , राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको सिमाभित्र रहेर यो पुस्तक तयार पार्नु भएको छ । केसीद्वारा लिखित यो पुस्तक पाठकहरुका लागि ज्यादै पठनीय र संग्रनीय रहेको छ ।

प्रकाशक भुँडीपुराण प्रकाशनले केसीको यो पुस्तक राजधानी उपत्यका र मोफसलका सबै पुस्तक पसलहरुमा वितरणका लागि पठाइने जानकारी गराएको छ ।