५कात्तिक काभ्रे ।
आउदो मंसिर ४ गते हुने संघीय तथा प्रादेशिक निर्वाचनको सशक्त बहिष्कारमा उत्रेको नेकपा(क्रान्तिकारी माओवादी) ले प्रचारात्मक बहिष्कारलाई नेपालभर तिब्रता दिएसंगै आज काभैका विभिन्न स्थानहरुमा निर्वाचन बहिष्कार गर्न आह्वान गरिएका पोष्टर टाँसिएका छन् भने निर्वाचन बहिष्कार गर्नुको अर्थ सहित छापिएका पर्चा पम्ल्पेट समेत वितरण गरिएका छन् । सोही क्रममा आजै काभ्रेका तीन स्थानहरुमा बहिष्कार सम्वन्धी कोणसभाहरु प्नि सम्पन्न गरेको समाचार जिल्ला सह इन्चार्ज रणवीर दोंगव्दारा प्राप्त भएको छ ।


बहिष्कार सम्वन्धी कोणसभाहरु सम्पन्न गरिएका स्थानहरुमा नवोबुद्ध माथिल्लो हटियाँ, नवोबुद्ध तल्लो हटियाँ र बनेपा रहेका छन् । ती सबै स्थानहरुमा प्रमुख वक्ताको रुपमा नेकपा(क्रान्तिकारी माओवादी) केन्द्रीय सदस्य रिना गेलाल हुनुहुन्थ्यो भने अन्य वक्ताहरुमा नेकपा(क्रान्तिकारी माओवादी) प्रदेश सदस्यहरु टेकबहादर विक, हजार सिं लामा र प्रेम तामांग साथै पार्टी जिल्ला सदस्य नारायण रिजाल हुनुहुन्थ्यो । ती सबै कोणसभाहरुमा जिल्ला सह इन्चार्ज रणवीर दोंग र जिल्ला सेक्रेटरी बसन्तको उपस्थिति रहेको थियो ।

हार्दिक शुभकामना !


तीन मध्ये दुइवटा कोणसभाको संचालन पार्टी जिल्ला सदस्य शोभा विकले गर्नु भएको थियो भने बाँकी एकको पार्टी जिल्ला सदस्य प्रदिप अस्थानीले गर्नु भएको थियो ।


ती सबै कोणसभाहरु सम्पन्न भएपछि प्रहरीले हटीयाँको कोणसभामा भागलिएको भनेर स्थानीय पार्टी नेताहरुलाई फोन गरेर चौकीमा आउन भनेको समाचार प्राप्त भएको छ ।


स्मरण रहोस संघीय जनगणतन्त्र स्थापनाको लागि संघर्षको तयारी गरौँ , आसन्न संघीय तथा प्रादेशिक निर्वाचनको सशक्त बहिष्कार गरौँ भन्ने नारा सहित नेकपा(क्रान्तिकारी माअ‍ेवादी)ले देशैभरी निर्वाचन बहिष्कार अभियान करीव उक महिनादेखि चलाइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर