बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङ तेस्रो कार्यकालका लागि अनुमोदित भएका छन्। बेइजिङमा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को २० औँ महाधिवेशनले सीलाई तेस्रो कार्यकालका लागि अनुमोदन गरेको हो।

हार्दिक शुभकामना !

महाधिवेशनले ११ जना महिलासहित २ सय ५ सदस्यीय केन्द्रीय कमिटी पनि चयन गरेको बीबीसीले जनाएको छ। केन्द्रीय कमिटीले पोलिटब्युरो र स्थायी समिति गठन गर्ने छ। केन्द्रीय कमिटीको पहिलो बैठक भोलि बस्ने कार्यतालिका छ।

शक्तिशाली पोलिटब्युरो स्थायी समितिका सदस्यहरु प्रधानमन्त्री ली खछ्याङ, ली चान्सु, वाङ याङ र हान झेनलाई भने महाधिवेशनले बिदा गरेको छ।

यस्तै महाधिवेशनले दोस्रो वरियताका प्रधानमन्त्री ली र जनकांग्रेसका अध्यक्ष समेत रहेका तेस्रो वरियताका चान्सुलाई पनि बिदा गर्ने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। महाधिवेशनले पाँच वर्षअघि सीले ल्याएको विचारधारालाई अझै सशक्त बनाउने प्रस्ताव समेत पारित पारित गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर