काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) काठमाडौंले प्रधानमन्त्री शेरबहादुर देउवाकाे निवास क्षेत्र बुढानिलकण्ठमा जताततै निर्वाचन बहिस्कारका पाेस्टरहरु टाँसेकाे छ ।
चक्रपथ, हात्तिगाैडा, गणेशचाेक हुँदै ध्रुवतारा स्कुलसम्म सडककाे दुवै पट्टि निर्वाचन बहिस्कारकाे पाेस्टर टाँसिएकाे र पर्चा वितरण गरिएकाे क्रान्तिकारी माओवादीकी जिल्ला नेतृ सपनाराज भण्डारीले जानकारी दिनु भयाे । क्रान्तिकारी माओवादीले काठमाडौं लगायत देशैभर निर्वाचन बहिस्कारका कार्यक्रमलाई तीव्रता दिएकाे छ ।