काठमाडौं । पार्टीका केन्द्रीय समितिका सल्लाहकार संयोजक प्रा.डा. ओम गुरुङको निधनमा नेकपा (क्रान्तिकारी माओवादी)ले श्रद्धाञ्जली वक्तव्य जारी गरेको छ । पार्टीका महासचिव मोहन वैद्य किरणले जारी गर्नुभएको वक्तव्यमा आफ्नो जीवनकालमा देश र जनताको मुक्तिका निम्ति सञ्चालित विभिन्न संघर्ष र जनआन्दोलनहरुमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनु भएका कमरेड ओम गुरुङका योगदानहरुको उच्च कदर गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ । साथै, उहाँकी जीवनसंगिनीसहित सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना समेत व्यक्त गरिएको छ ।
वक्तव्यमा प्रा.डा. ओम गुरुङको निधनबाट विभिन्न आन्दोलन र क्रान्तिप्रति अपुरणीय क्षति हुन गएको उल्लेख गरिएको छ । वक्तव्यमा भनिएको छ, “वामपन्थी बौद्धिक व्यक्तित्वको रुपमा स्थापित कमरेड ओम गुरुङ नेपाली जनवादी तथा कम्युनिस्ट आन्दोलनका एक कर्मठ योद्धा, आदिवासी जनजाति आन्दोलनका एक बरिष्ठ नेता र अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष हुनुहुन्थ्यो । उहाँको निधनले विभिन्न आन्दोलन र क्रान्तिप्रति अपुरणीय क्षति हुन गएको छ । उहाँका परिवारजनहरुमा श्रीमती, दुई छोरी, एक छोरा, ज्वाइँ, बहुारी, नातिनी, दाुजुभाइ तथा दिदिवहिनीहरु हुनुहुन्छ ।”
यस्तो छ वक्तव्यको पूर्णपाठ :
“हाम्रो पार्टी नेकपा (क्रान्तिकारी माओवादी) को केन्द्रीय सल्लाहकार समितिका संयोजक कमरेड ओम गुरुङको हरिसिद्धि स्थित नेपाल क्यान्सर अस्पतालमा औषधोपचारको क्रममा यही २०७९ असोज ३१ गते दिउसो १ः४८ बजे ७० बर्षको उमेरमा असामयिक निधन भयो । उहाँको यस दुखद् निधनबाट हामी अत्यन्तै स्तब्ध तथा भावविह्वल भएका छौं ।
वामपन्थी बौद्धिक व्यक्तित्वको रुपमा स्थापित कमरेड ओम गुरुङ नेपाली जनवादी तथा कम्युनिस्ट आन्दोलनका एक कर्मठ योद्धा, आदिवासी जनजाति आन्दोलनका एक बरिष्ठ नेता र अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष हुनुहुन्थ्यो । उहाँको निधनले विभिन्न आन्दोलन र क्रान्तिप्रति अपुरणीय क्षति हुन गएको छ । उहाँका परिवारजनहरुमा श्रीमती, दुई छोरी, एक छोरा, ज्वाइँ, बहुारी, नातिनी, दाुजुभाइ तथा दिदिवहिनीहरु हुनुहुन्छ ।
आफ्नो जीवनकालमा देश र जनताको मुक्तिका निम्ति सञ्चालित विभिन्न संघर्ष र जनआन्दोलनहरुमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनु भएका कमरेड ओम गुरुङका योगदानहरुको उच्च कदर गर्दै हाम्रो पार्टी उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, उहाँकी जीवनसंगिनीसहित सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना समेत व्यक्त गर्दछ ।”