पार्टी कार्यालय घेरा हाल्ने र नेता कार्यकर्ताको निगरानी गर्ने कार्य तुरुन्त रोक्न क्रान्तिकारी माओवादीको आग्रह

पार्टी कार्यालय घेरा हाल्ने र नेता कार्यकर्ताको निगरानी गर्ने कार्य तुरुन्त रोक्न क्रान्तिकारी माओवादीको आग्रह

काठमाडौं । देउवा सरकारको प्रहरी प्रशासनले विना सूचना मकवानपुरको पार्टी कार्यालय घेराउ गरेको, नेता कार्यकर्ता र सम्बन्धित परिवारजनलाई समेत प्रताडीत पार्ने गरेको भन्दै उक्त अलोकतान्त्रिक कार्य तत्काल रोक्न नेकपा (क्रान्तिकारी माओवादी)ले सरकारको प्रहरी प्रशासनलाई आग्रह गरेको छ । नेकपा (क्रान्तिकारी माओवादी)का प्रदेश ३ का सेक्रेटरी प्रवेशले एक वक्तव्य जारी गरी प्रहरी प्रशासनको उक्त कार्यको घोर विरोध एवम् भत्र्सना गर्दै यस्तो आग्रह गर्नुभएको हो ।

वक्तव्यमा भनिएको छ, “प्रतिक्रियावादी सरकारद्वारा मञ्चन गरिएको प्रादेशिक तथा संघीय निर्वाचन बहिस्कारको घोषित कार्यनीतिलाई बहाना बनाई कार्यालय घेरा हाल्ने, नेता कार्यकर्तामाथि निगरानी गर्ने र परिवारजनलाई प्रताडित गर्ने जस्ता अलोकतान्त्रिक कार्यहरु तरुन्त रोकी संगठनात्मक र राजनैतिक क्रियाकलाप गर्न पाउने लोकतान्त्रिक अधिकारको सम्मान गर्न अनुरोध गर्दछौं । अन्यथा त्यसबाट निस्कने गम्भिर परिणामको जवाफदेहिता स्वयम् प्रशासन नै हुने कुरा यही वक्तव्यमार्फत् सार्वजनिक गर्दछौं ।”