धरपकड, दमन र आतंक सहितको फासिवादी व्यवहारको प्रतिरोध गर्दै गुल्मीमा निर्वाचन बहिष्कार अगाडि बढदै

धरपकड, दमन र आतंक सहितको फासिवादी व्यवहारको प्रतिरोध गर्दै गुल्मीमा निर्वाचन बहिष्कार अगाडि बढदै

असोज ३१ गुल्मी ।
नीर्वाचन बहिष्कार आन्दोलनलाई असोज ३१ गते पनि निरन्तरता दिदै नेकपा (क्रान्तिकारी माओवादी) ५ नं. प्रदेशले गुल्मी जिल्लाको तम्घास उदिनढुङ्गा बजारमा नीर्वाचनको विरोध, भण्डाफोर तथा बहिष्कार सम्वन्धी कोणसभा सम्पन्न गरेको छ ।


उक्त कोणसभामा पार्टीका पोलिट ब्युरो सदस्य भुपेन्द्र न्यौपानले सम्वोधन गर्नु भएको छ, जसको संचालक अखिल (क्रान्तिकारीका )केन्द्रीय सदस्य मनोज थापाले गनु भएको छ ।


त्यसैगरी रुरु गाउँपालीकाको रानिवासमा पनि :मनोज थापाको संचालन र गुल्मी जिल्लाका पार्टी सेक्रेटरी केशव अधिकारी कोणसभा सम्वोधनमा कोणसभा सम्पन्न गरेको छ ।
सोही दिन गुल्मी जिल्लाकै सत्यवतिको चोरकाटे र सत्यवतिको खैरेनी ५ मा कोणसभा सम्पन्न गरिएका छन् । पहिलोमा भुपेद्र न्यौपाने र दोस्रोमा नेकपा (क्रान्तिकारी) माओवादीका केन्द्रीय सदस्य एवम् गुल्मी जिल्ला इन्चार्ज टीका रानाले सम्वोधन गर्नु भएको थियो भने मनोज थापाले संचालन ।
सोही अर्को कोणसभा गुल्मी जिल्लाकै सत्यवति ६ खैरेनिमा सम्पन्न गरिएको छ, जसलाई भुपेन्द्र न्यौपानेले सम्वोधन गर्नु भएको थियो र सोही जिल्लाकै रुद्रबेणि भएको कोणसभालाई नेकपा (क्रान्तिकारी) माओवादीका केन्द्रीय सदस्य लक्ष्मी चौलागाईले सम्वोधन गर्नु भएको थियो ।
यी दुवै कोणसभाहरुको संचालन मनोज थापाले गर्नु भयो ।