क्रान्तिकारी माओवादीका सल्लाहकार समितिका अध्यक्ष डा. ओम गुरुङकाे असामयिक निधन

क्रान्तिकारी माओवादीका सल्लाहकार समितिका अध्यक्ष डा. ओम गुरुङकाे असामयिक निधन

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का सल्लाहकार समितिका अध्यक्ष डा.ओम गुरुङकाे दुखद् निधन भएकाे छ । अध्यक्ष गुरुङकाे दुवै मृगाैलाले काम गर्न छाडेकाले निधन भएकाे अस्पतालले जनाएकाे छ ।
करिब १० बर्षअघि उहाँले मृगाैला प्रत्याराेपण गर्नु भएकाे थियाे । पछिल्लाे समय गलामा क्यान्सर देखिएपछि केही समयअघि भारतमा उपचार गरेर फर्किनु भएकाे थियाे । परिरवारिक स्राेतका अनुसार उहाँले केमाे चढाइरहनु भएकाे थियाे । हिजाे स्वास्थ्यमा थप समस्या भएपछि उहाँलाई हरिसिद्धि स्थित नेपाल क्यान्सर अस्पतालकाे आइसियुमा भर्ना गरेर उपचार भइरहेकाे थियाे ।उपचारमा संलग्न चिकित्सकहरुले डा.गुरुङलाई १:४५ बजे मृत घाेषित गरिसकेकाे नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य रामसिंह श्रीसले जानकारी दिनु भयाे ।
अहिले पार्टी महासचिव माेहन वैध्य किरण, नेता श्रीस लगायतका नेताहरु अस्पतालमै हुनुहुन्छ । उहाँका छाेराहरु देश बाहिर रहेकाेले नआउन्जेल डा.गुरुङकाे शव अस्पतालकाे शव गृहमा राखिने पनि नेता श्रीसले जानकारी दिनुभयाे ।
मृतक डा.गुरुङका श्रीमती, दुई छाेरी र एक छाेरा हुनुहुन्छ । उहाँ लाेमाे समयदेखि क्रान्तिकारी कम्युनिस्ट आन्दाेलनमा हुनुहुन्थ्याे । उहाँ शाेषित उत्पीडित जातीय मुक्ति आन्दाेलनकाे एक अग्रज स्थापित नेता पनि हुनुहुन्थ्याे । त्रिभुवन विश्वविद्यालयमा ३६ वर्ष अध्यापन गर्नुभएका  गुरुङ  १२ वर्षसम्म समाजशास्त्र तथा मानवशास्त्र विभागका प्रमुख समेत हुनु भएकाे थियाे । उहाँको जन्म २०११ माघ २९ मा बागलुङको ताराखोलामा भएको थियो । १९९६ मा गुरुङले अमेरिका कोरनेल विश्वविद्यालयबाट मानवशास्त्रमा विद्यावारिधि गर्नुभएकाे थियाे ।