विराटनगरमा ‘संसदीय निर्वाचन सशक्त बहिष्कार गरौँ !’ भन्ने नारा लेखिएका हजारौँ पोष्टरहरु टाँसिए (फोटो फिचर)

विराटनगरमा ‘संसदीय निर्वाचन सशक्त बहिष्कार गरौँ !’ भन्ने नारा लेखिएका हजारौँ पोष्टरहरु टाँसिए (फोटो फिचर)

असोज३० विराटनगर ।
नेकपा(क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल किसान महासंघले विराटनगर महानगरपालिका भित्र आसन्न मंसिर ४ गते हुने संसदीय निर्वाचन सशक्त बहिष्कार गरौँ भन्ने नारा लेखेको हजौरो पोष्टर तथा पम्मल्पेट टाँसेको छ ।


अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी) प्रदेश नम्बर १ ले शनिबार देखि विराटनगरमा चलाईरहेको प्रशिक्षण कार्यक्रमको अवसर पारेर विराटनगर बजार भित्र ‘संघीय जनगणतन्त्र स्थापनाको लागि संघर्षको तयारी गरौँ , आसन्न संघीय तथा प्रादेशिक निर्वाचनको सशक्त बहिष्कार गरौँ’ भन्ने नारा सहितको पोष्टर टाँसिएको हो ।


नेकपा(क्रान्तिकारी माओवादी) ले भ्रष्टचारी जन्माउने संसदीय व्यवस्थाको भण्डाफोर गर्दै आसन्न निर्वाचन बहिष्कार गर्ने घोषणा गरेर निर्वाचान बहिष्कारको प्रचारात्कम कार्यक्रम संचालन गरिरहेको छ । पार्टीको उक्त निणर्यलाई कार्यन्वन गर्दै किसान महासंघले गरिब तथा उत्पीडित किसान मारा सरकारले गर्ने संसदीय निर्वाचनको सशक्त बहिष्कार गर्ने भन्दै हजारौँ पोष्टर विराटनगरका चौक चौकमा टाँसिएको किसान महासंघ(क्रान्तिकारी)का प्रदेश १ संयोजक रोम भण्डारीले बताउनु भयो ।


अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी)ले विराटनगरमा ३ दिन देखि प्रशिक्षण कार्यक्रम संचालन गरिरहेको छ । सो प्रशिक्षण कार्यक्रको उद्घाटन गर्दै नेकपा(क्रान्तिकारी माओवादी)का पोलिटब्यूरो सदस्य तथा अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी) का केन्द्रिय अध्यक्ष सिताराम तामाङले किसानलाई अधिकार दिलाउनका लागि क्रान्तिकारी भुमि सुधार आवश्यक रहेको बताउनु भयो । उहाँले संघीय जनगतन्त्र स्थापना भएमात्र क्रान्तिकारी भुमि सुधार लागु हुने भन्दै त्यसका लागि आसन्न संसदीय निर्वाचनलाई किसानहरुले सशक्त बहिष्कार गर्नु पर्ने बताउनु भयो ।


सोहि प्रशिक्षण कार्यक्रमको उद्घाटनसत्रमा बोल्दै पार्टीका पोलिटब्यरो सदस्य तथा पार्टीका १ नम्बर प्रदेश इन्चार्ज दिनेश शर्माले किसानहरु महान् विचार सहित संगठित भएर अधिकारका लागि लड्नु पर्ने बताउनु भयो ।उहाँले हालको दलला शासक र व्यवस्थाले किसानको अधिकार खोस्ने भएका कारण त्यस्का विरुद्धमा किसानहरुले निर्वाचन बहिष्कार गरेर आफ्नो अधिकारको लागि संघर्ष गर्नु पर्ने भनाई राख्नु भयो ।

यसरी नै प्रशिक्षणको उद्घाटन गर्दै पार्टीका पोलिटव्यूरो सदस्य तथा अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी) का महासचिव धनेश्वर पोख्र्रेलले किसानहरुले आफ्नो हक अधिकारका लागि आन्दोलनको आँधिबेरी सिर्जना गर्ने बेला आएको बताउनु भयो । उहाँले किसानहरु हजारौँ समस्याले आकुलब्याकुल भएको बेला दलाल सरकारले निर्वाचनको नाटक मन्चन गरेर किसानहरुलाई अझै समस्या थोपरिदिने काम गरेको भन्दै भ्रष्टचारी जन्माउने संसदीय निर्वाचनलाई सशक्त बहिष्कार गर्न किसान समक्ष आह्वान गर्नु भयो ।