नेकपा(क्रान्तिकारी माओवादी)को नीर्वाचन बहिष्कार अभियानका विरुद्ध केही जिल्ला सदरमुकामहरुमा प्रहरी हस्तक्षेप

नेकपा(क्रान्तिकारी माओवादी)को नीर्वाचन बहिष्कार अभियानका विरुद्ध केही जिल्ला सदरमुकामहरुमा प्रहरी हस्तक्षेप

 

३० असोज काठमान्डौ ।
आसन्न मङ्सिर ४ गते हुन गैरहेको संघिय तथा प्रादेशिक चुनावलाई सशक्त तथा सक्रिय बहिस्कार गर्ने र त्यसका लागि बहिष्कार आन्दोलन संचालन गर्ने केन्द्रीय समितिको निर्णको कार्यान्वयनका लाथि विभिन्न प्रदेशहरुले आआफ्ना प्रदेश र जिल्लाहरुमा नीर्वाचन बहिष्कार कार्यक्रम शुरु गरेका छन् ।


कार्यक्रमअनुसार बहिष्कार रयाली, कोणसभा आदि भइरहेका समाचार आएका छन् । घेरै कार्यक्रमहरु शान्तिपूर्ण रुपले अगाडि बढीरहेको समयमा केही जिल्ला सदरमुकामहरुमा भएका कोणसभाहरुमाथि प्रहरी हस्तक्षेपगरी व्यानर खोस्ने माइकेफोन तोडफोड गर्नेजस्ता लोकतन्त्रविरुद्धका कार्यहरु देउवा सरकारको प्रशासनले गरेको जानकारी प्राप्त भएको छ । खासगरी अर्धाखांचीको सन्धीखर्क, गुल्मीको तम्घास र सुर्खेतको विरेन्द्रनगरमा भएका काण्ढासभाहरुमाथि यस्ता हस्तक्षेप गरिएको छ ।


सुर्खेतको बिरेन्द्र चोकमा गरिएको सभालाई सम्बोधन गर्दैगर्दा पार्टीका प्रर्देश सचीव प्रकाश उर्जा, तुफान, जेवी र आगोलाई गिरफ्तार गरि केही समय जिल्ला प्रहरी कार्यालयमा राखी पछि साँझ ५ बजेतिर छाडिएको छ भने अर्धाखांचीको सन्धीखर्क र गुल्मीको तम्घासमा पनि त्यहाँको प्रशासनबाट हस्तक्षेप गर्ने काम गरिएको जानकारी प्राप्त भएको छ ।


तर पनि ती सबै जिल्लाहरुमा पार्टी नेतृत्वले बहिष्कार अभियानलाई निरन्तरता दिंदै जाने मा जोड दिएको छ ।