काठमाडौँ । २०२२ को विश्वव्यापी भोकमरी सूचकांक अनुसार नेपाल ८१औं स्थानमा छ भने पाकिस्तान ९९औं स्थानमा छ । यस्तै बंगलादेश र श्रीलंका क्रमश: ८४औं र ६४औं स्थानमा रहेका छन् । अफगानिस्तान भने १०९औं स्थानमा रहेको छ । विश्वव्यापी भोकमरी सूचकांकमा भारत १०७औं स्थानमा रहेको रिपोर्ट सार्वजनिक भएपछि भारतको केन्द्र सरकारका मन्त्रीहरूले कडा प्रतिक्रिया दिएका छन् । उक्त रिपोर्टप्रति आपत्ति जनाउँदै नरेन्द्र मोदी नेतृत्वको सरकारले विज्ञप्ति जारी गरेको छ ।

भारत सरकारले उक्त रिपोर्टमा प्रश्न उठाउँदै रिपोर्ट त्रुटिपूर्ण रहेको दाबी गरेको छ । भोकमरीबारे रिपोर्ट सार्वजनिक गर्ने तरिका नै गलत रहेको सरकारले आरोप लगाएको छ ।

हार्दिक शुभकामना !

विश्वभर भोकमरी तथा कुपोषणको अवस्था देखाउने ‘ग्लोबल हंगर इन्डेक्स’ (जीएचआई) को रिपोर्ट अनुसार १२१ देशमध्ये भारत १०७ औं स्थानमा रहेको छ । उक्त इन्डेक्समा भारतको अवस्था छिमेकी देशहरू पाकिस्तान, श्रीलंका, नेपाल र बंगलादेशभन्दा पनि खस्किएको देखाइएको छ ।

भारत उक्त इन्डेक्सको १०७औं नम्बरमा परेपछि भारत सरकारको महिला तथा बाल विकास मन्त्रालयले विज्ञप्ति जारी गर्दै भारतको छवि लगातार खराब गर्ने कोसिस भइरहेको जनाएको छ । मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘विश्वव्यापी भोकमरी सूचकांकको रिपोर्ट गलत सूचना हो । भारतको छवि लगातार खराब गर्ने कोसिस फेरि एक पटक भएको छ । २०२२ को उक्त इन्डेक्स आयरल्याण्ड र जर्मनीको गैरसरकारी संस्था कन्सर्न वर्ल्डवाइड एन्ड वेल्थ हंगरहिल्फले गरेको हो । जहाँ भारतको स्थान १२१ देशहरूमा १०७औं स्थानमा राखिएको छ ।’

बीबीसी हिन्दीमा प्रकाशित समाचार अनुसार उक्त इन्डेक्सलाई भारत सरकारले भोकमरी मापनको गलत तरिका भएको पनि आरोप लगाएको छ । साथै मापनका चार तरिकामध्ये तीन तरिका बालबालिकाको स्वास्थ्यसँग सम्बन्धित भएको र त्यसले पूरा जनसंख्याको प्रतिनिधित्व नगर्ने पनि भारत सरकारले जनाएको छ।

यस्तै महिला तथा बालबालिका मन्त्रालयको विज्ञप्तिमा यस्तो विधिबाट भारत जस्तो देशको कुपोषणको अवस्था पत्ता लगाउनु गलत मात्रै नभएर अनैतिक भएको पनि आरोप लगाइएको छ । र उक्त रिपोर्ट स्पष्ट रुपमा पूर्वाग्रही भएको पनि आरोप लगाइएको छ ।

महिला मन्त्रालयले विश्वव्यापी भोकमरी सूचकांक जारी गर्ने संस्था ‘कन्सर्न वर्ल्डवाइड एन्ड वेल्थ हंगरहिल्फ’माथि उक्त संस्थाले रिपोर्ट जारी गर्नुअघि उचित मेहनत नगरेको पनि आरोप लगाएको छ । ‘यो रिपोर्ट केवल धरातलीय यथार्थभन्दा टाढा मात्रै छैन । बरु जानीबुझीकन ती प्रयासको नजरअन्दाज गरिएको छ,’ महिला मन्त्रालयले विज्ञप्तिमा भनेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर