असोज २९ अर्घाखाँची ।
नेकपा (क्रान्तिकारी माओवादी) ५ नं. प्रदेशले अर्घाखाँची जिल्लाका विभिन्न नगर र गाउँहरुमा नीर्वाचन विरोध भण्डाफोर तथा बहिष्कार कोणसभाहरु सम्पन्न सम्पन्न गरेको छ ।
ती सबै आमसभाहरुमा देउवा नेतृत्वको गठबन्धन सरकार र निर्वाचन आयोगले घोषणा गरेको संघीय र प्रदेश संसदको निर्वाचन सक्रिय बहिष्कार गर्न वक्ताहरुले जनतालाई अपिल गरेका छ्न । साथै प्रत्येक सभामा राष्ट्रियताको पक्षमा, जनतन्त्रको प्राप्त तथा भ्रष्टाचारका विरुद्ध पार्टीको नेतृत्वमा आन्दोलनमा लाग्न आमजनतामा अपिल गरिएका थियो सभामा
असोज २९ नै आमसभाहरु सम्पन्न निम्न ठाउँहरुमा सम्पन्न गरिएका छन् :
सर्वप्रथम सन्धिखर्कको भक्तिटोल बजारमा कोणसभा सम्पन्न गरिएको छ, जसको संचालक अखिल (क्रान्तिकारीका )केन्द्रीय सदस्य मनोज थापाले गर्नु भएको थियो भने वक्तामा पार्टीका पोलिट ब्युरो सदस्य भुपेन्द्र न्यौपाने हुनुहुन्थ्यो ।
त्यसैगरी सोही सन्धिखर्ककै टारीमा अर्को कोणसभा सम्पन्न गरियो । उक्त कोणसभाको संचालन मनोज थापा र वक्ता पार्टी केन्द्रीय सदस्य टिकाराम पौडेले हुनुहुन्थ्यो ।
सोही क्षेत्रको भण्डारमा पनि अर्को कोणसभा मनोज थापाको संचालन र अर्घाखाँची जिल्ला सेक्रेटरी टिक मान राउतको सम्वोधनमा सम्पन्न गरियो ।
मालारानि ७ टिमुरेमा अर्को कोणसभालाई पार्टी केन्द्रीय सदस्य लक्ष्मी चौलागाइले सम्वोभन गर्नु भएको थियो । उक्त कोणसभाको संचालन मनोज थापाले गर्नु भएको थियो ।
त्यसैगरी मालारानि ९ गोखुङ्गामा पनि बहिष्कार सभा सम्पन्न गरिएको छ । उक्त कोणसभालाई मनोज थापाले संचालन र टिकाराम पौडेलले सम्वोधन गर्नु भएको थियो । सोही दिन मालारानी ८ हंसपुरमा पनि कोणसभा मनोज थापाको संचालन र अर्घाखाँची जिल्ला सेक्रेटरी टक मान राउतको सम्वोधनमा सम्पन्न भएको छ । त्यस्तै मालारानी ६ रतनमारेमा भुपेन्द्र न्यौपानेको सम्वोधन र मनोज थापाको संचालन गरेर कोणसभा सम्पन्न गरिएको छ ।
मालारानी छ लोहोरीमा भएको सभा लक्ष्मी चौलागाईंको सम्वोधन र मनोज थापाको संचालनमा सम्पन्न गरिएको छ भने उक्त दिनको अन्तिम कोणसभा जो अर्घाखाँची ,गुल्मीको र प्युठानको सिमाना सौतामारेमा सम्पन्न गरिएको थियो, जसलाइृ नेकपा.(क्रान्तिकारी माओवादी(का पिविएम भुप्रेन्द्र न्यौपानेले सम्वोधन गर्नु भएको थियो भने संचालन मनोज थापाले गर्नु भएको थियो ।