हरिवन । नेकपा (क्रान्तिकारी माओवादी)काे एक भेलाले सर्लाही जिल्ला पार्टी पुनर्गठन गरेकाे छ । पार्टीका पीवीएम तथा मधेस प्रदेशका इन्चार्ज कृष्णदेव सिंह दनुवारकाे प्रमुख आतिथ्यताका सम्पन्न भेलाले सुमन अधिकारीकाे नेतृत्वमा १९ जनाकाे जिल्ला कमिटी पुनर्गठन गरेकाे हाे ।
पार्टीकाे प्रदेश कमिटीले सन्ध्या प्रधानलाई उक्त कमिटीको इन्चार्ज ताेकेकाे छ ।
यसैबीच, सर्लाहीकाे हरिवनमा शनिबारै भएकाे अर्काे एक भेलाले इशाक महम्मदकाे नेतृत्वमा २१ सदस्यीय अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संगठन निर्माण गरेकाे छ । नेकपा (क्रान्तिकारी माओवादी)का सर्लाही इन्चार्ज सन्ध्या प्रधानकाे प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले उक्त सुकुम्बासी संगठन निर्माण गरेकाे हाे । भेलामा बिशिस्ट अतिथिकाे रुपमा सुमन अधिकारी र अतिथिकाे रुपमा जोख बहादुर मोक्तान,शेख मन्सुर,मुसर्नी देवी, बछु धामीले भेला सफलताकाे शुभकामना मन्तव्य राख्नुभएकाे थियाे ।