(नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष सिताराम तामाङ्गसँग प्रदेश नम्बर १ को अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी)को भेला तथा प्रशिक्षण कार्यक्रमको शिलशिलामा विराटनगर आएको अवसर पारेर अबको किसान आन्दोलन लगायत वर्तमान राजनीतिक परिवेशबारे हाम्रा सहकर्मी अप्सरा बानियाँले गरेको कुरानाकानीलाई यहाँ प्रस्तुत गरिएको छ ।– स.)
तपाई लामो समयदेखि किसानको हक, अधिकारका लागि संघर्षमा हुनुहुन्छ, नेपालका किसानहरुको अवस्था कस्तो पाउनु भएको छ ?
–नेपाल अर्धसामान्ती ,अर्ध उपनिवेशिक तथा नव उपनिवेशिक अवस्थामा रहेको देशमा किसानहरु सामान्तवादी ,परम्परावादी कृषि उत्पादन पद्धतिमा बाँधिएर रहेको अवस्था छ । हाम्रो मुलुकको ६६ प्रतिशत किसानहरु कृषिमा आधारित छन् । ५५ प्रतिशत किसानको जमिन आधा विघा भन्दा कम छ । कसैको जमिन छैन, यिनीहरुको भुमिमा स्वामित्व १८ प्रतिशत मात्र छ । चार विघाहा भन्दा बढी जमिन हुने ४ प्रतिशत जमिनदारको जमिन २२ प्रतिशत छ र जमिनदारको जमिन पनि किसानहरुले नै जोत्छ र कतिपय जमिन बाँझो पनि छ । कम जमिनका कारण किसानका छोराछोरीहरु रोजगारीका लागि विदेशिन बाध्य छन् । उनीहरुले पठाएको विप्रशण (रेमिटेन्स) बाट झण्डै ३० प्रतिशत रकम नेपाल भित्रिन्छ । त्यसैले देशको अर्थतन्त्र धानिएको छ । यसबाट किसानको २ वटा अवस्था देखा पर्दछ ।
१– हाम्रो देशको कृषि पद्धति सामान्तवादी, परम्परावादी छ जसले किसानको हित गर्दैन । जसको जोत्छ त्यसको पोत नभएको अवस्था पनि छ ।
२–यी नै किसानका छोराछोरीले पठाएको विप्रेषणबाट देश धानेको छ । हामी यी दुवै कुरालाई उल्ट्याउन चाहान्छौँ । हामी कृषिमा देश भित्रै रोजगारी सिर्जना गर्न चहान्छौँ । त्यसका लागि क्रान्तिकारी भुमिसुधार मार्फत् किसानको हित अधिकार हामी सुरक्षित गर्न चहान्छौँ ।
तपाईहरुले भन्दै आउनु भएको क्रान्तिकारी भुमि सुधार कस्तो हुन्छ ? यसबाट किसानहरुको हित कसरी सुरक्षित गर्न सकिन्छ त ?
–नेपालको कम्युनिष्ट अन्दोलनले सुरुको अवस्थादेखि उठाउदै आएको मुद्दा नै क्रान्तिकारी भुमिसुधार हो ,यो भनेको जसको जोत उसको पोत हो । तर अहिले आएर कम्युनिष्ट अन्दोलनले नै यो मुद्दालाई छोडेको अवस्था छ । नेपालमा बहुदल आएपछि सरकारले क्रान्तिकारी भुमिसुधारको सट्टामा भुमि बैंकको अवधारणा ल्याएको छ र किसानको हक हितको सुरक्षा र व्यापसायिक करण र आधुनिक करण गर्ने नीति ल्याउनुको सट्टा भुमिबाट किसानलाई बेदखल गर्ने साम्राज्यवादी कर्पोरेट फार्मिङ्गको नीति ल्याएको छ । हाम्रो संगठन पहिलो कुरो किसानलाई जमिनबाट बेदखल गर्ने कुराको विरोध गर्दछ । दोस्रो कुरो हामी किसानको हक अधिकार सहितको सहकार्य तथा सामुहिक खेति पद्धति मार्फत राष्ट्रिय पुजिको विकास गर्न चहान्छ । त्यसकारण हामीले क्रान्तिकारीभुमि सुधार भनेको किसान मुखि छ र यो राष्ट्रिय पुजिको पक्षधर छ साथै यो नयाँ जनवादी क्रान्ति उन्मुख पनि छ ।
सदिऔँदेखि किसानहरु पीडामा छन् तर किसानहरु आफ्नो अधिकारको लागि किन साझा मुद्दामा संगठित भएर आन्दोनमा उत्रिन सकेका छैनन् ?
–नेपालको कम्युनिष्ट आन्दोलनको सुन्दरपक्ष के छ भने यसले २००८ साल देखि २०१३ सालसम्म किसान आन्दोलनको नेतृत्व ग¥यो र आन्दोलन देशव्यापी फैलियो । त्यसले कम्युनिष्ट पार्टीलाई पनि स्थापित ग¥यो र किसान मुद्दा सुन्न सरकारलाई बाध्य गरायो । कांग्रेसको सरकारले विर्ता उन्मुलन जस्तो कार्यक्रम ल्याउन बाध्य भयो र पछि राजाले कथित भुमिसुधार गर्न बाध्य भयो । तर जब कम्युनिष्ट पार्टी टुटफुट र विभाजन हुँदै गयो त्यसको असर किसान आन्दोलनमा पर्दै गयो । हरेक कम्युनिष्ट समुहको जनर्वीय संगठनको रुपमा किसान संगठन बन्दै गयो । यी मध्ये धेरै समुहको नीति पनि क्रान्तिकारी भुमि सुधार गर्ने बनेन यसकारणले किसान आन्दोलन संयुक्त हुन सकेको थिएन । तर अहिले क्रान्तिकारी भुमि सुधारका पक्षधर र भुमी बैंक तथा कर्पोरेट फार्मिङ्गको विरोधी ६ वटा कम्युनिष्ट पार्टीहरुको संयुक्त किसान मोर्चा बनाएर किसानको हकहित र रुपान्तरणको लागि आन्दोलन सुरु गरेको छ ।हाम्रो यो आन्दोन भन्दा बाहिर रहेका साम्राज्यवादी ,उद्दारवादी नीतिका विरुद्ध क्रान्तिकारी भुमिसुधार र राष्ट्रिय पुँजी पक्षधर किसान मोर्चाहरुलाई यो हाम्रो आन्दोलनमा समर्थन गर्न र सरिक हुन आह्वान गर्दछु । मजदुर र किसान कम्युनिष्ट पार्टीको आधारभुत वर्गहरु हुन् । यो आन्दोलनलाई कम्युनिष्ट पार्टीहरुले पार्टीको मुख्य आन्दोलनको रुपमा सहयोग पु¥याओस भन्ने पनि अनुरोध गर्न चाहान्छु । साथै यो अन्दोलन अघि बढ्दा क्रान्तिकारी कम्युनिष्टहरुको विच एकताका संभावनाहरु बलियो हुदै जान्छ र किसान आन्दोलन पनि एकिकृत हुन्छ ।
अब प्रसंग बदलौं , तपाई आवद्ध पार्टी र संगठनले आउँदो मंसिर चार गते हुने आम निर्वाचन बहिष्कार गर्ने भएको छ, के कारण तपाईहरुले बहिकार गर्ने नीति लिनु भएको हो ?
–नेपाल कम्युनिष्ट पार्टी जन्मले नै नयाँ जनवदी क्रान्तिको पक्षधरपार्टी हो । नयाँ जनवाद भनेको सर्वहारावर्गको अधिनायकत्वमा मजदुर किसानको मेलमा आधारित क्रान्ति हो । यो क्रान्ति संसदीय व्यवस्थाबाट संभव छैन । यसको बाटो क्रान्ति नै हो । कथित कम्युनिष्ट समुहहरु संसदीय व्यवस्थाबाट समाजवाद आउँछ भन्दै भ्रम छरिरहेका छन् र संसदीय व्यवस्थामा पसेर प्रतिक्रियावादी पुँजीवादी व्यवस्थालाई बलियो बनाउन चाहान्छन् । त्यस्ता नामधारी कम्युनिष्टहरुलाई दक्षिणपन्थी अवसरवादी पार्टीहरु हुन् भनेका छौँ । तीनले भने जस्तो पुँजीवादी व्यवस्थालाई बलियो बनाउने पार्टी नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) होइन । हाम्रो पार्टी नयाँ जनवादी क्रान्तिको पक्षधर भएको हुँदा यसले संसदीय व्यवस्थाको अन्त्य र नयाँ जनवादी राज्यसत्ता स्थापनाका लागि मार्ग प्रसस्त गर्न संसदीय चुनावको बहिष्कारलाई हामीले अंगिकार गरेका छौँ । किसान मोर्चा नयाँ जनवादी क्रान्तिको आधारभुत शक्ति हो र पार्टीको क्रान्तिकारी नीतिलाई सहयोग र समर्थन गर्नु यसको दायित्व हो । अहिलेको यो घडीमा सबै उत्पीडित किसान वर्गलाई यो बहिष्कार अभियानमा सामेल हुन विषेश आह्वन गर्दछौँ ।
अन्त्यमा थप केहि भए बताइदिनुस् न ।
–तपाईहरुको मिडिया मार्फत एउटा सुखद समाचार भन्नु सान्दर्भिक होला । कुरो के छ भने अहिले हाम्रो पार्टी लगायत केहि क्रान्तिकारी पार्टी र शक्तिहरु बीच पार्टी एकताको प्रक्रियामा छौँ । यसको परिणाम चाँडै नै सार्वजनिक हुने छ । हाम्रो पार्टीको नीति छरिएका क्रान्तिकारी समुह ,शक्ति र व्यक्तिवहरुलाई पनि धुव्रीकरण प्रकृया मार्फत क्रान्तिमा गोलबन्द्ध गर्ने नीति लिएका छौ । जसले गर्दा क्रान्ति छिटो सम्पन्न हुन सकोस् ।
अन्त्यमाः तपाईको मिडिया मार्फत हाम्रो संगठनको विचारहरु सार्वजनिक गर्ने अवसर दिनु भएकोमा तपाईको मिडिया परिवारलाई धन्यवाद दिन चाहान्छु ।