तत्कालीन कुपिण्डेदह गा बि स वडा नम्बर ६ हालको कुपिण्डेदह बन्गार नगरपालिका वडा नम्बर ९ माथिल्लो स्वारामा २०४० सालमा बुबा देविराम डाँगी र आमा बेलमति डाँगीको कोखबाट कान्छा छोराको रुपमा नन्दलालकाे जन्म भएको थियो । एसएलसीसम्मको अध्ययन पूरा गरेका नन्दलाल राजनीतिक रुपमा कुनै पनि पार्टीको सदस्यता लिनुभएकाे थिएन । यद्यपि तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धबाट प्रभावित भई माओवादी नजिक भने रहनु भएको थियो । पारिवारिक आर्थिक अबस्था कमजोर भएको कारणले उहाँ उच्च शिक्षा लिने अबसरबाट बञ्चित हुनु पर्याे । तसर्थ घरको अार्थिक सहयोगका लागि गाउँमै रहेको स्थानीय जन कल्याण प्रा बि स्वारामा निजीस्रोतबाट दिवा खाजा पकाउने बिद्यार्थीहरुलाई खाजा खुवाउने काममा जोडिनु भएको थियो । साे अबस्थामा २०५९ असोज सात गते सिमखर्क ब्यारेकबाट गएको तत्कालीन शाही नेपाली सेनाको टोलीले दिउँसो १ बजे बिद्यालयबाट गिरफ्तार गर्याे । गिरफ्तारीपछि चरम शारीरिक र मानसिक यातना दिँदै करिब दुई घण्टा गाउँमा घुमायो । त्यसपछि २:४५ बजेको समय जङ्गलमा एक्कासि तीन फायर राइफलको आवाज सुनिन्छ । त्यही आवाज नै उहाँको अन्तिम दिन हुन गएछ ।
उहाँको गिरफ्तारी र जङ्गलमा पट्किएकाे बन्दुकको अावाजले स्वारा गाउँमा सन्नाटा छाउँछ, कसैलाई पनि थाहा हुँदैन । दिन ढल्दै जान्छ बेलुकी हुन्छ, रातपर्छ तर घरको कान्छो छोरा फर्कदैन । बाआमा दाजुभाइ श्रीमती हरकली डाँगी चिन्तित हुन्छन् । गाउँको मानिसबाट एक जना मानिसको बाहुन नोखा जङ्गलमा ओढार नजिकै ढलेको छ कतै उही त होइन नन्दलाल भन्ने खबर अाउँछ । साे खबरले सबैमा सङ्का बढदै जान्छ । त्यसपछि निजका माइलादाजु  छबिलाल डाँगी सहित गाउँका मानिसहरु खोज्न निस्कछन् र त्यस ठाउँमा पुग्छन् । त्यहाँ त उनै भाइ नन्दलाल मृत भइसकेकाे र रक्ताम्य अबस्थामा फेला पर्छन् । दुस्मनले हानेको तीनवटा गोली  टाउको, छाति र पेटमा बन्दुकको गोली थियो ।
अहिले उनको परिवारमा श्रीमती र छोरी डोल्मा छन् । नन्दलालको हत्या भएको ठिक एक महिनापछि छोरी डोल्माको जन्म भएको थियो ।
यसरी एकजना निर्दाेष होनहार युवाको हत्या भएको थियो । अहिले नन्दलालकाे सहादत भएको पनि ठिक २० बर्स पूरा भएको छ । छाेरी डाेल्मा पनि २० बर्स पुगेकी छिन् । याे बिचमा जनयुद्धको नेतृत्व गरेको पार्टी सरकारमा छ तर सहिदले बगाएको रगतकाे मूल्यलाई राष्ट्रघातमा प्रयोग गरिरहेका छन् । अब पनि सहिद परिवार, घाइते अपाङ्ग, तथा याेद्धाहरुले याे दलाल सत्ता र नेतृत्वबाट अाफ्नाे सपना पूरा हुन्छ भनेर बस्ने बेला छैन । हिजोको सपना पूरा गर्न पुन: बिद्रोह गर्नुपर्ने बेला अाएकाे छ । अाज २१अाैं स्मृतिका दिनमा सहिद नन्दलालप्रति भावपुर्ण श्रद्धाञ्जली । छाेरी डाेल्मा र सहिद पत्नी हरकली र समस्त डाँगी परिवारमा गहिरो समवेदना ।

प्रस्तुति : ईश्वरीप्रसाद गैरे 

प्रतिक्रिया

सम्बन्धित खवर